जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प


झगनखबर

कार्तिक १८ । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो भने भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीसम्मै यसको धक्का महसुस गराएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पविद् लोकविजय अधिकारीका अनुसार जाजरकोटमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पबाट धेरै जनधनको क्षती भएको बताएका छन् । अहिले सम्म ८० जना भन्दा बढीको ज्यान गईसकेको र सयौँको संख्यामा घाइते भएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया