नेपाली कांग्रेस ओखलढुंगा द्वारा धन्यबाद ज्ञापन

ओखलढुंगा कार्तिक ८ । नेपाली कांग्रेस ओखलढुंगाले आम मतदातालाई धन्यबाद ज्ञापन गरेको छ । गत मंसिर ४ गते सम्पन्न  प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएकोमा बधाई ज्ञापन गरेको हो । नेपाली कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनालद्वारा  मंसिर ८ गतेको मितिमा  हस्ताक्षरीत विज्ञप्ती मार्फत धन्यबाद दिईएको छ ।

तिन वटा चुनावी क्षेत्र रहेको ओखलढुंगामा तिनैवटा क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनले चुनाव जितेको छ । देशभरी ५ दलिय गठबन्धन गरिए पनि ओखलढुंगामा तिनदलिय गठबन्धन रहेको थियो । तिन दल मध्य दुइ दल, नेपाली कांग्रेस र नेकपा माओबादीका तर्फ बाट प्रत्यक्ष तर्फका उम्मेदवार थिए भने, एकीकृत समाजबादीको तर्फबाट समानुपातिक तर्फको मात्रै उम्मेदवारी थियो । गठबन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा, प्रदेश सभा सदस्य प्रदेश (क) मा नेपाली कांग्रेस केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवार र प्रदेश (ख) मा नेकपा माओबादीका केन्द्रिय सदस्य बाबुराम गौतम उम्मेदवार थिए । तिनैजना केन्द्रिय सदस्य निर्वाचित भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनको बिरुद्धमा नेकपा एमाले एक्लै चुनावी मैदानमा थियो । तिनैजना प्रत्यक्ष तर्फका उम्मेदवार निर्वाचित भएपछी आम मतदातालाई धन्यबाद दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी गराउनु हुने सम्पुर्ण ओखलढुंगेली मतदाताप्रति हार्दिक आभार सहित धन्यबाद ज्ञापन गर्दै, संविधानको रक्षा, संघिय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षता, समाबेशिता, र आर्थीक रुपमा समृद्ध नेपाल निर्माणमा यो जनादेशले सहयोग पुर्‍याएको छ’ ।

 

प्रतिक्रिया