१० पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा
नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई
प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
आइतबार प्रचण्डले
आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र
पार्टी, जनता समाजवादी पार्टी, जनमत
पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश
गरेका थिए । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र
अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेका छन् ।
प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।
विज्ञप्ति :
१० पुस २०७९, आईतबार ०७:०५ मा प्रकाशित
291