१६ मंसिर। दोलखामा
जारी मतगणनामा लोकतान्त्रिक बाम गठबन्धन तर्फका
उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज (शुक्रबार) बिहानको मत
परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा
एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत
अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ । यसैगरी प्रदेश सभा तर्फ
प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका
छन् । उनले १ हजार ६६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले
१०५४ मत पाएका छन् । प्रदेश २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी अगाडि
छन् । केसीले २ हजार १७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली
कांग्रेसका उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन् । प्रतिनिधि सभातर्फ
एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएपछि
मंसिर १५ गते बिहीबार पुन: मतदान भएको थियो । त्यसको मतगणना गएरातिदेखि जारी छ ।