झगनखबर
साउन ३२ । लायन्स
क्लबका पदाधिकारी द्वारा ओखलढुंगाको सरकारी विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक
सामग्री वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका वडा नं १ तलुवा स्थित तिनपिप्ले
आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । १ कक्षा
देखि ८ कक्षा सम्मका विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको लायन्स क्लब
ओखलढुंगाका पदाधिकारी कुमार लुइटेलले
बताउनु भयो । तिनपिप्ले विद्यालयमा सिद्धिचरण नगरपालिका वडा नं १ तलुवाका वडा
अध्यक्ष तिर्थ घिमिरे, स्थानिय समाजसेवी, स्थानिय बासीहरुको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो । लायन्स
क्लबका पदाधिकारीहरुबाट रकम संकलन गरी विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु विगत
देखि वितरण गर्दै आएको नेपाली कांग्रेसका नेता एवं लायन्स क्लबका पदाधिकारी
बालकृष्ण दाहालले बताउनु भयो । यो भन्दा अगाडी पनि ओखलढुंगाका विभिन्न विद्यालयका
विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिसकिएको बताएका छन् । अबका दिनमा पनि
यस्ता विद्याथीहरुलाई शैक्षिक सामग्रीहरु लगायत अन्य सामाजिक कार्यमा लागीरहने
लायन्स क्लबका सदस्यद्वय बालकृष्ण दाहाल र कुमार लुइटेलले बताउनु भयो ।