साँघुटार घोराखोरी ओखलढुंगा सडक निर्माण संम्बन्धी सार्वजनिक सुनुवाई


झगनखबर

मंसिर ८ । चम्पादेवी गाउँपालिकाले साँघुटार घोराखोरी ओखलढुंगा सडक निर्माण ढिलाई सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । मंसिर ८ गते शुक्रबार सरोकारवाला र स्थानिय नागरिकको उपस्थितिमा सडक कालो पत्रेमा भएको ढिलासुस्तीको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । चम्पादेवी गाउँपालिका अध्यक्ष नबराज केसीको सभापतित्वमा भएको कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं प्रतिनिधी सभासदस्य रामहरि खतिवडा लिखु गाउँपालिका प्रमुख अशोक कार्की, सडक डिभिजन कार्यालय हर्कपुरका निमित्त कार्यालय प्रमुख सुनिल निरौला, ठेकेदार कम्पनीका प्रतिनिधी राजन सुवेदीको उपस्थिती रहेको बताएका छन् ।

स्थानिय नागरिकले सडक कालोपत्रेमा भएको ढिलासुस्तीको बारेमा प्रश्न उठाएका थिए । जहिले पनि सर्वसाधरण सोझा नागरिकलाई ढाँट्नेमात्र काम भएकाले अझै पनि कालोपत्रे हुनेमा विश्वस्त नभएकाले, विश्वस्त हुने आधार पेश गर्न माग समेत गरेका थिए । अब आउने जेठ महिनासम्ममा घोराखोरी सम्म कालो पत्रे गरिसक्ने ठेकेदार कम्पनीका प्रतिनिधी राजन सुवेदीले प्रतिबद्धता जनाएको चम्पादेवी गाउँपालिकाका प्रवक्ता सुजन पौडेलले जानकारी दिनुभयो । अहिले सम्म साँघुटार देखि ७ किलोमिटर कालोपत्रे भईसकेको ठेकेदार कम्पनीले जनाएको छ । कालोपत्रे गर्ने ठेक्का कान्छाराम कन्ट्रक्शन कम्पनीले लिएको थियो । लामो समय काम शुरु नगरेको कम्पनीले भर्खर कालोपत्रेको काम शुरु गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन तथा स्थानिय नागरिकको प्रश्नको जवाफ दिदै खतिवडाले सडक कालोपत्रे गर्ने माग आफैले गरेको हो; 'अहिलेको कालोपत्रे ढिलासुस्ती हुनुमा रामहरिकै कारणले नभएको भन्ने आरोप सुन्दै र खेप्दै आएको छु ।' तर यो जिल्लाको प्रतिनिधी भएकाले ठेकेदार कम्पनी जोसुकै भएपनि काममा ढिलासुस्ती र गुणस्तर नभएमा निर्माण कम्पनीलाई कार्बाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता गर्नु भएको स्वकीय सचिव हुकुम राईले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रामहरि खतिवडा 


कार्यक्रममा सभापति एवं पालिका प्रमुख नबराज केसीले जहिले पनि सडक कालोपत्रेको विषयमा स्थानिय नागरिकले प्रश्न गरिहने भएकाले सार्वजानिक सुनुवाईको आयोजना गरेको बताउदै काममा ढिलसुस्ती नगर्न सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी भएका स्थानिय नागरिकहरु 


  

प्रतिक्रिया