कांग्रेसकी महिला नेतृ कार्की सम्मानित

झगनखबर

 असार २१ । नेपाली कांग्रेसकी महिला नेतृ तारादेवी कार्की सम्मानित हुनुभएको छ । बलबहादुर राई स्मृति प्रतिष्ठानले बलबहादुर राई स्मृति दिवसको अवसरमा सम्मानित गरेको हो । बिकट ठाउँमा जन्मिएकी महिला, राजनितिक परिवर्तनको लागि आन्दोलनमा होमिएर  महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री डा. मिनेन्द्र रिजालले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । महिलाहरु घरबाट बाहिर निस्कनु हुदैन भन्ने समयमा नेपाली कांग्रेस पार्टीको विभिन्न पदमा रहि  देश र समाज परिवर्तनका लागि अहोरात्र खटिई महत्वपुर्ण योगदान गरेकोले बलबहादुर राई स्मृति प्रतिष्ठान तपाँईको कार्यको उच्च मूल्यांकन गर्दै यो सम्मानपत्रद्धारा सम्मान गर्दछ, भनिएको छ ।

जिल्लाको साविक बरुणेश्वर गाउँविकास समिति, हाल मोलुङ्ग गाउँपालिका, लामीडाँडामा २०१३ साल चैत्र २ गते जन्मनुभएकी कार्की २०३६ सालेदेखि नेपाली कांग्रेसको निरन्तर अविचलीत महिला राजनितिज्ञ हुनुहुन्छ । एस.एल.सी. सम्मको अध्ययन गर्नुभएकी कार्की २०३६ सालको जनमत संग्रहमा बहुदलिय ब्यवस्थाको पक्षमा सक्रिय भएर लाग्नु भएको थियो । पन्चायत कालमा जनवर्गिय महिला संगठनको गाविस सभापति भएर पन्चायतको विरुद्धमा काम गर्नु भएको थियो । २०४६ सालपछि महिला संघको जिल्ला सचिव बन्नुभएको थियो भने २०४८ सालको स्थनिय निर्वाचनमा वडा अध्यक्षको चुनाव जित्नुभएको थियो ।

२०५० सालमा नेपाली कांग्रेसको महिला संघको जिल्ला सभापति हुनुभएको थियो । कांग्रेसको ११औँ महाधिबेसन बाट महाधिबेसन प्रतिनिधी, १२औँ महाधिबेसनमा महासमिति सदस्य बन्नुभएको थियो । २०७९ सालमा जिल्ला समन्वय समिति ओखलढुंगाको उपप्रमुख हुनुभएको छ । 

प्रतिक्रिया