गठबन्धनको पालिकास्तरिय चुनाव परिचालन समिति गठन

ओखलढुंगा, कार्तिक ५ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउनको लागि  पालिकास्तरिय चुनाव परिचालन समिति र चुनाव प्रचारप्रसार समिति गठन भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि चम्पादेवि गाउँपालिकामा पालिकास्तरिय चुनाव परिचालन समिति र चुनाव प्रचारप्रसार समिति गठन गरिएको हो । विष्णु पुलामीको संयोजकत्वमा १३ सदस्यीय चुनाव परिचालन समिति र दुर्गा कुमार खड्काको संयोजकत्वमा १३ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।

चम्पादेवि गाउँपालिका बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार रामहरि खतिवडालाई रुख चिन्हमा र प्रदेश सभा सदस्य उम्मेदवार बाबुराम गौतमलाई हसिया हथौडा चिन्हमा मतदान गरि विजयी गराउन चुनाव परिचालन समिति र चुनाव प्रचारप्रसार समित गठन गरिएको बताएका छन । गठबन्धनका उम्मेदवारलाई विजयी गराउन  पालिकाको १० वटै वडामा चुनाव परिचालन समिति र चुनाव प्रचारप्रसार समिति गठन गरि घरदैलो अभियान सुरु गरिएको प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार विनोद कुमार सुनुवारले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया