२० मंसिर, बिराटनगर । नेपाली कांग्रेसका नेता
डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।बिराटनगरमा भएको पुस्तक
बिमोचन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । कांग्रेस नेता गुरुराज
घिमिरेद्वारा लिखित ‘बाटो विराएको राजनीति’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा
बोल्दै, गठबन्धनकै
सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ ।
तर त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती रहेको छ ।’ कांग्रेसको शाख गिर्न नदिने र
सुशासनको सवालमा कुनै सम्झौता नगर्ने डा. कोइरालाले बताएका छन् ।
२० मङ्सिर २०७९, मङ्गलबार ०६:५७ मा प्रकाशित
316