यो महिनामा
मेष राशिका व्यक्तिहरूलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट
पछिलाई फाइदा पुग्न सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । कुनै कुराले मनमा शान्ति
छाउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र महत्वकाङ्क्षी योजना गोप्य राखेर
अघि बढ्नुहोला । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग
गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
वृष राशिका लागि कार्तिक महिनामा
शुभारम्भको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ
ज्ञान सिक्ने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्रेम
र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि
शुभ अङ्क ६,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता
मिल्नेछ ।
यो महिनामा लामो यात्रा सुखद् र
सफल हुनेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । प्राविधिक क्षेत्रबाट
सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य
महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत
हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा सेतो हो
। कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ
गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
यो महिनामा नयाँ योजना
कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ
। कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । मध्य महिनामा वैदेशिक क्षेत्रबाट सफलता
मिल्नेछ । घर, जग्गा
खरिद बिक्रीको योग छ । सफल यात्रा पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा आकाशे
नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह राशिका लागि कार्तिक
महिनामा नयाँ कार्यको थालनी हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक
गतिविधिमा संलग्न हुनु पर्नेछ । वाहन लाभ हुने समय छ । व्यापार व्यवसायमा औसत लाभ
हुनेछ, तर मध्य
महिनामा भने स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । पुँजी बजारको लगानी पनि त्यति
राम्रो नहोला । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा केशरी हो
। कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
यो महिना
समग्रमा सकारात्मक महिना रहेको छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । ठूला
व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । पारिवारिक सुख मिल्नुका साथै सुखद्
यात्राका अवसर पनि प्राप्त हुनेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार
व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक
सफलता मिल्नेछ ।
तुला राशिका लागि कार्तिक महिना
राम्रो फल मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ
। कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।
वैदेशिक यात्राको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग हरियो वा सेतो हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना
गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृश्चिक राशिका लागि कार्तिक महिनामा त्यति
राम्रो फल मिल्नेछैन अतः मिश्रित पहल मिल्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख
पाइनेछ र खर्च पनि हुनेछ । महिनाको मध्यबाट आफूले काम देखाएर अरूको मन लोभ्याउन
सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । यो महिनाको
लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
धनु राशिका लागि कार्तिक महिनामा जोशजाँगर
र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग
प्राप्त हुनेछ । नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ र व्यावसायिक काममा
राम्रै फड्को मार्न सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राको
योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै
शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कार्तिक महिनामा सामाजिक मान
प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । इच्छा र
आकाङ्क्षा पूर्ण हुने भएको छ । रमाइलो भेटघाट हुनेछ । मुद्दा मामिलामा सफलता
पाइनेछ । महिनाको अन्त्यमा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण
अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवदुर्गालाई आमरण गरि कार्य आरम्भ गर्दा
अधिक लाभ मिल्नेछ ।
कुम्भ राशिका लागि कार्तिक महिनामा नसोचेको
ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाइएला । ठूला व्यक्तिले तपाइको मेहनतको
प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यबाट स्वास्थ्यमा
तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । यो महिनाको लागि
शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मीन राशिलाई यो महिनामा मिश्रित फल मिल्नेछ
। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला
। नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्धबाट ठीक समयमा सही निर्णय लिन
सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हल्का
पहेँलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण
गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल