पुस २६, काठमाण्डौ । नेकपा माओबादी
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) १० दलको बलियो समर्थन सहित विश्वासको
मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस र एकीकृत समाजबादीले पनि प्रचण्ड सरकारको
समर्थन गरे सँगै १० दलको बलियो समर्थन पाएका हुन् । सबै भन्दा ठुलो दल नेपाली
कांगे्रसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने या बिपक्षमा मत दिने दोधारमा
थियो । तर आज एकाएक सरकारलाई समर्थन गर्ने निर्णय गरेका थिए । दाहाललाई समर्थन
गरेर प्रतिपक्षमै बस्ने निर्णय भएको नेपाली कांग्रेसेका एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद
सहभागी थिए। जसमध्य २६८ मत पक्षमा खसेको
थियो भने २ मत बिपक्षमा खसेको थियो । प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका
पशुपति शम्सेर जबराले प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत खसेको सदनलाई जानकारी
दिए। बिपक्षमा मत दिनेमा नेपाल मजदुर
किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद हुन ।
तल्लो सदनमा ती दलका एक, एक सांसद छन्।