दैनिक
राशिफल
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार
उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा
सफलता मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजारमा नोक्सानी
बेहोर्नु पर्नेछ, साँझमा भने कार्य सम्पादनमा सहजता मिल्नेछ ।
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ
। आर्थिक र व्यवसायिक समस्या पनि समाधान हुनेछन् ।
आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन
कसिने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले
तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
समय तथा स्वास्थ्य अनुकुल छैन । पढाई लेखाइमा
सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ, तर
यात्राको अवसर भने मिल्नेछ ।
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र
प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।
शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने
सम्भावना छ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर
जुराउनेछ ।
दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ ।
यात्रामा सावधानी अपनाउनु पर्ने छ र सामान पनि हराउन सक्छ ।
आज विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मन
पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । जटिल ठानिएको कामसमेत
सम्पादन हुनसक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल