बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते


झगनखबर

फागुन ३ । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै यात्रुबाहक  बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको हो । उक्त घट्नामा परी  १० जनाको मृत्यु भएको छ भने ३० जना  घाइते भएका छन् ।

गएराति १ बजे महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको सूदुरपश्चिम प्रदेश ०२००१ ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतक र घाइतेको पहिचान खुलिनसकेको र घाइतेलाई उद्धार गरी अस्पताल पठाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया