विजय काँडेल,दक्षिण कोरिया
हिजो सम्पन्न दक्षिण कोरियाको उन्याङ नामू (온냥 나무길) मा दारु एफ सि द्वारा आयोजित एक दिवसिय knock out फुटबल प्रतियोगिता सम्पन्न भएको छन्।दारु एफ सि का निबर्तमान मेनेजर श्री यम थापा को बिदाइ को अवसरपारि आयोजित फुटबल प्रतियोगिताको उपाधि आसान एफ सि ले चुमेको छन् भने आसान युनाइटेड दोस्रो भएका छन्।
सेमीफाइनलमा आसान FC ले आयोजक दारु FC रेड संग निर्धारित समय सम्मा १-१ गोलको बमबरी खेलेर अन्ततखेल पेनाल्टी सुट आउटमा ४- ३ गोलको अन्तरले आसन FC ले फाइनल को यात्रा तय गरेको थियो । फाइनलमाआसान FC ले आसान युनाइटेड लाई २-१ गोल अन्तरले पराजित गर्दै आसान FC ले उपाधी चुमेका थिए।
प्रतियोगितामा ८ टिमको सहभागी रहेको थियो , बिजेता टिमले 10 लाख कोरियन वन सहित ट्रफि दोस्रो पुरस्कार नगदरु 5 लाख कोरियन वन प्राप्त गरेको छन भने प्रतियोगिता का सर्बाधिक गोल कर्ता आसान फुटबल क्लब का दिनेशखड्का र प्रतियोगिता को उत्कृष्ट खेलाडी आसान यूनाइटेड का दिपक मगर भएका छन।