दृष्टिविहीन बृज बहादुर, बाँस निँगालोका सामग्री बाट मनग्य आम्दानी गर्दै


ओखलढुंगा ५, चैत । खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ, मोलुङ गाउँपालिका वडा नं ४, हर्कपुरका बृजबहादुर तामाङ दुवै आँखा नदेखे पनि बाँस निँगालोका विभिन्न सामग्री बाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । उहाँले दुवै आँखा देख्नु हुन्न, लट्ठीको सहायताबाट यताउता हिँडडुल गर्नु हुन्छ । अलि टाढा जानु प¥यो भने अरु कसैको सहायता बिना संभव छैन । उहाँ घरमै बसेर बाँस निगालोका विभिन्न सामग्रीहरु बनाई बेचबिखन गरेर राम्रो आम्दानी गर्दै आउनु भएको छ । म बाहिर गएर अन्य काम गर्न सक्दिन, घरमै बसेर  बाँस निगालो बाट मुडा, किचन ¥याक, सुज¥याक, मन्दिर बनाएर बेच्छु ।” 

बृज बहादुरले बनाएका बाँस निँगालोका सामग्रीहरु :


श्रीमति, तिनजना छोरा सहित ५ जनाको परिवार रहेको छ । तिनैजना छोरा स्कुल जान्छन् । श्रीमति विमला तामाङले घरायसी काम गर्नुहुन्छ । उहाँहरुको परिवार अहिले रामै्र सँग चलेको छ । बृज बहादुरले दैनिक बाँस, निँगालोका सामग्रीहरु बनाउनु हुन्छ र बेच्नु हुन्छ । सामग्री उत्पादन गर्न मात्रै कठिन हो, बजारको लागि खासै समस्या छैन । बृज बहादुरले बनाएका   सामग्रीहरु सामुदायिक अस्पतालले खरिद गरिदिने गरेको छ

परिवार पाल्नलाई बालुवा झिक्ने सम्मको काम गर्न पछि नपरेका बृजबहादुर, दैनिक खोलामा गएर बालुवा झिक्ने गर्नुहुन्थ्यो । परिवारको भरणपोषणका लागि घरखेत सबै सिध्याई ससुरालीमा गएर बस्नु भएको थियो  ।  १० कक्षा पास गर्नुभएका बृज पढाई लेखाईमा निक्कै राम्रो हुदाहुदै पनि आँखाको ज्योति नभएको र आर्थीक अवस्था कमजोर भएकै कारण उहाँले उच्चशिक्षाका लागि अध्ययन गर्न सक्नुभएन । पढ्न मन त थियो तर पैसा नभएका कारण पढ्न सकिन ।

 सामुदायिक अस्पताल सोब्रु द्धारा सञ्चालीत समुदायमा आधारित पुनःस्थापना कार्यक्रम ( सि. बि. आर.) ले मोलुङ गाँउपालिकामा रहेका अपाङगता भएका ब्यक्तिलक्षीत ७ दिने मुडा बनाउने तालिमको आयोजना गरेको थियो । बृज बहादुरले, खोलाको बालुवा झिक्ने जस्तो जोखिमयुक्त काम छोडेर मुडा बनाउने तालिममा सहभागी हुने निष्कर्ष निकाल्नु भयो । २०७७ साउन महिनामा भएको तालिममा सहभागी भई मुडा बनाउन सिक्न थाल्नु भयो । पुर्ण रुपमा आँखा नदेख्ने बृज बहादुरलाई मुडा बनाउने काम पनि सजिलो भने थिएन । तर पनि बालुवा झिक्न खोलामा जानु भन्दा घरभित्रै बसेर काम सिक्न सजिलै लाग्यो । उहाँले मिहनेत गरेर मुडा बनाउने तालिम लिनु भयो । ७ दिने मुडा बनाउने तालिमले उहाँमा मुडा बनाउने सिपको विकास भयो । र मुडा बनाउने र बेच्ने सोच बनाउनु भयो ।

शुरुशुरुमा मुडा नबिक्ला की भन्ने डर थियो, नबिके पनि घरमै प्रयोग गर्न पनि त सकिन्छ भन्ने सोच आएर मुडा बनाउन शुरु गरेँ अहिले राम्रो विक्री भईरहेको छ । 

उहाँले बानाएका मुडा निक्कै आर्कषक थिए, देख्नेहरुले खुबै मन पराउन थाले र किनेर पनि लान थाले । यसरी एक दुई जनाले किनेर लाने क्रम बढ्न थाले पछि, मुडा बनाउन झन हौसला बढ्यो र मुडा निर्माणमा बृद्धि गर्दै लगेको अनुभव सुनाउनु भयो ।

दृष्टिविहीन बृज तामाङले  मुडा बनाएर राम्रो आम्दानी गरीरहेको देखेर ओखलढुंगा सामुदायिक अस्पतालले उहाँ लगायत अन्य अपाङ्गता भएका ब्यक्तिहरुलाई तालिम दिई ब्यावसायिक बनाउने योजना बनाई पुनः तालिम शुरु गरेको थियो । गत माघ महिनाको २२ गते बाट फागुन २२ गते सम्म एक महिने बाँसका सामग्री निर्माण गर्ने तालिमको अयोजना गरेको हो । उक्त तालिममा बृज तामाङ लगायत  मोलुङ गाउँपलिका भरिका अपाङ्गता भएका ब्यक्तिहरुलाई तालिममा सहभागी गराईएको  सि.बि.आर. कार्यक्रमका संयोजक राम बुढाथोकीले बताउनु भयो ।

बासको हस्तकला बनाउने तालिम लिएपछि बृजलाई झन हौसला बढ्यो र  पहिले देखि बनाउदै आएका मुडा संगै बाँसको मन्दीर, ¥याक, ऐनाको फ्रेम, कुर्सी, टेवुल लगाएतका सामाग्री निर्माण गर्न शुरु गर्नुभयो ।

बृजले बनाएका मुडा निकै मन पराएका ग्राहकले अहिले बाँस बाट बनाईएका  मन्दीर, ऐनाको फ्रेम, चुरीस्ट्याण्ड, सुज¥याक निकै मन पराउन थालेका छन् । आफुले बनाएको बाँसका सामग्रीको अत्याधिक माग आउन थालेपछि, अहिले उहाँले श्रीमतीलाई पनि आफुले जस्तै बाँसको सामग्री निर्माण गर्न सिकाउनु भएको छ । अहिले उहाँलाई श्रीमति बिमला तामाङ्गले पनि हस्तकलाको काम गर्न सघाउने गरेको उहाँ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ ; अहिले हस्तकलाका सामग्रीको माग बढी आएकाले श्रीमतिलाई पनि यहि काम सिकाएको छु, अहिले उनले सहयोग गरिरहेकी छिन् ।

बृजलाई ब्यावसाय गर्न समुदायमा आधारित पुनःस्र्थापना कार्यक्रम (सि. बि. आर.) ले ६० हजार बराबरको सामान र २६ हजार नगद उपलब्ध गराए पछि हस्तकला ब्यावसायले झन गति लिएको छ । एउटा मुडाको सरदर रु ७ सय र मन्दिर सरदर ३ हजार देखि ३५ सय सम्ममा बिक्री वितरण भईरहेको बताउनु भयो । राम्रो विक्री वितरण सँगै राम्रो आम्दानी पनि गरिरहेको बताउनु भयो । महिनामा केहि भएन भने पनि सबै खर्च कटाएर १५ देखि २० हजार चोखो आम्दानी गर्न सफल भएको छु ।

सामुदायिक अस्पताल मिसन सोब्रुले सन्चालन गरेको समुदायमा आधारीत पुनःस्र्थापना कार्यक्रम मार्फत मोलुङ गाँउपालिका र खिजीदेम्बा गाउँपालिकामा २०७६ माघ बाट सञ्चालनमा आएको समुदायमा आधारीत पुनःस्र्थापना कार्यक्रमले मोलुङ गाउँपालिकामा ८४ जना अपाङगता भएका ब्यक्तिहरुलाई सिपमुलक तालिममा सहयोग गरेको बताएका छन ।

(सि.बि.आर.) कार्यक्रमकै आर्थीक सहयोगमा मोलुङ गाँउपालिकाका ४ जना घर बिहिनहरुलाई घर निर्माण गरि दिएको छ । घर बिहिन मोलुङ ५ का तेज बहादुर सार्की, मोलुङ ३ का पदमबहादुर तामाङ, मोलुङ १ का खिना तामाङ र मोलुङ ८ का धनकुमार राईलाई घर निर्माण गरि हस्तान्तरण गरिदिएको हो  ।

 समुदायमा आधारीत पुनःस्र्थापना कार्यक्रम (सि.बि.आर.) ओखलढुंगा सामुदायिक अस्पताल द्धारा सञ्चालित कार्यक्रम हो । अपाङगता भएका ब्यक्तिहरुलाई  सक्षमबनाएर उनिहरुको जिवनयापनमा सहजता ल्याउनु यो  कार्यक्रमको उद्देश्य रहेको (सि.बि.आर.) कार्यक्रमका संयोजक राम बुढाथोकीले बताउनु भयो .

बाँसको फिफी बनाउदै बृज बहादुर

  ।

प्रतिक्रिया