झगनखबर.कम
फागुन २१ । राष्ट्रपति रामचन्द्र
पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६
को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका
तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही
संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ
गराउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का
तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी
केन्द्र) का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट
डोलप्रसाद अर्यालले शपथ लिनुभएको छ । उहाँहरुको कार्यभार तोकिएको छैन । राष्ट्रपति
कार्यालयका अनुसार उहाँहरुको कार्यभार पछि तोकिनेछ ।
२१ फाल्गुण २०८०, सोमबार ०८:२९ मा प्रकाशित
411