झगनखबर
कार्तिक २३ । घरमा लागेको आगोसँगै जलेर १५ महिने
बालक फुर्वा शेर्पाको मृत्यु भएको छ । जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं ‐६ श्रीचौर स्थित मंसिरेमा आगलागी हुँदा घरमा
भएका दुधे बालकको जलेर मृत्यु भएको हो । कर्मा शेर्पाको घरमा बुधबार दिउँसो २
बजेको समयमा आगलागी भएको थियो ।
जेठो छोरा ३ वर्षिय
मिङमार शेर्पा र कान्छो छोरा १५ महिने फुर्वा शेर्पालाई घरमा छोडेर बुवा‐आमा दुवैजना गाउँमा आफन्तको घरमा गएका थिए ।
बुवा‐आमा गाउँबाट फर्किएर घरमा आईपुग्दा घर सँगै
कान्छो छोरा पनि जलीरहेका थिए । जेठो छोरा भने घरमा आगो लागेपछी भागेर बाँच्न सफल
भएका थिए । हिँडडुल गर्न पनि नसक्ने केहि थाहा नपाउने अबोध बालक भने जबरजस्ती जलेर
देह त्याग गर्न बाध्य भए ।
स्थानिय बासी, प्रहरी र
जनप्रतिनिधीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । ढुङ्गामाटोको ढुङ्गाकै छानो
भएको घरमा लागेको आगो करिब साँढे २ घण्टा पछिमात्र नियन्त्रण गर्न सफल भएका थिए ।
आगो निभाउन त सफल भए तर घरमा सुतिरहेका दुधेबालकलाई भने बचाँउन सकेनन् ! आगो
नियन्त्रणमा लिएको धेरै समय, करिब ४ घण्टापछी साँझ ८ः३० बजेको समयमा बच्चाको
अस्तुमात्र फेला पारेका थिए । माथील्लो तलामा जाने सिँढीको मुनी पूर्णरुपमा जलेको
अवस्थामा करिब १ केजी जति मासुको डल्ला फेला पारेका थिए ।
उक्त पूर्णरुपमा
जलेको मासुको डल्ला बालकको हो वा अन्य कुनै जनावरको हो भन्ने चिन्न सकिने अवस्थामा
थिएन । पोष्टमार्टमका लागी आवश्यक कानुनी प्रकृया पुरा गरी राती नै जिल्ला अस्पताल
रुम्जाटारमा पठाईएको थियो । पोष्टमार्टम पछी २३ गते बिहिबार बिहान आफन्तले बुझेका छन् ।
आगोलागीबाट
ढुङ्गामाटोले बनेको ढुङ्गाकै छानो भएको दुइ तले घर जलेर नष्ट भएको छ । घरभित्र
भएका लत्ताकपडा, अन्नपात, भाँडवर्तन, काठपात लगायतका घरायसी सामग्रीहरु नष्ट हुँदा करिब १५ लाख बराबरको सम्पती
पनि क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
बच्चाले आगो बाल्ने
लाईटर खेलाउने क्रममा अचानक कुनै सुकेको चिजबाट आगलागी भएको हुनसक्ने अनुमान
गरिएको छ । आगलागी भएको खबर पाउन साथ ईलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट
प्रहरी निरिक्षकको टोली र प्रहरी चौकी श्रीचौरबाट पनि प्रहरी घट्नास्थलमा पुगेको
थियो ।