झगनखबर
कार्तिक २२ । जिल्लाको चम्पादेवी गाउँपालिकाले
टोलबस्ती बाट सेवा वितरण गर्न घुम्ती सेवा कार्यक्रम सुरु गरेको छ । कार्तिक १९
गते बाट वडा नं १० रानीवनबाट सेवा वितरण गर्न सुरु गरेको हो ।
स्थानिय सरकार हरेक बेला नागरिक सँगै हुन्छ भन्ने अनुभूती गराउन र जनताका हरेक समस्याको समाधान जनताकै घरदैलो बाट समाधान गर्ने उदेश्यले गाउँ बस्ती बाटै सेवा वितरण गरिएको पालिका प्रमुख नवराज केसीले बताउनु भयो । योजना सम्झौता, अपाङगता÷ज्येष्ठ नागरिक परिचयपत्र दर्ता तथा नविकरण, कृषी ÷पशु फर्म दर्ता तथा नविकरण जस्ता प्रशासनिक कामहरु गर्न अनिवार्य पालिका केन्द्रमा पुग्नै पर्ने कामहरु बस्ति बाटै वितरण गर्दा नागरिकले सर्वसुलभ सेवा पाउने र योजनामा हुने भ्रष्टचार न्युनीकरण गर्न गराउनको लागी वार्षिक रुपमा टोल बस्तीबाटै सेवा वितरण गर्ने गरेको प्रमुख केसीको भनाई छ ।
शिविर बाट
गाउँपालिकाले दिनुपर्ने सम्पुर्ण सेवाहरु वितरण गरेको छ । वडामा भएका योजना
सम्झौता,
अपाङ्ग परिचयपत्र, कृषीफर्म दर्ता तथा
नविकरण ज्येष्ठ नागरिक कार्ड, जस्ता गाउँपालिकाले दिने समपुर्ण प्रशासनिक सेवा
दिईरहेको गाउँपालिका प्रवक्ता एवं वडा नं ९ का वडा अध्यक्ष सुजन पौडेलले बताउनु
भयो ।
वडानं. १० बाट सुरु
गरिएको सेवा वितरण कार्यक्रम ४ वटामा वितरण भईसकेको छ । २४ गते वडा नं. ४ मा सेवा
वितण गर्ने र बाँकी रहेका वडाहरुमा तिहार पछी लगतै गर्ने गाउँपालिकाले जनाएको छ ।
पालिका प्रमुख नबराज केसी उपप्रमुख डिलामाया मगर, प्रमुख प्रशासकिय
अधिकृत प्रेम प्रसाद सुवेदी, शाखाका प्रमुख हरुको उपस्थितिमा सेवा वितरण
गरिरहेको बताएका छन् । स्वास्थ्य शिविर भने यो भन्दा अगाडी नै विभिन्न ठाउँमा सन्चालन
गरीसकिएको पालिकाले जनाएको छ ।
आवश्यक्ताको आधारमा
वडामा कामको चापअनुसार सेवा वितरण गरिने बताएका छन् । नागरिकलाई सहज र सुलभ सेवा
वितरण गर्न हरेक वर्ष पालिकाले घुम्ती शिविर सन्चालन गर्दै आएको छ । पालिका सम्म
धाएर गर्नु पर्ने काम आफ्नै ठाउँबाट गर्न पाएपछी स्थानिय नागरिकहरु खुशी भएका छन्
। पालिका पुगेर ३÷४ दिन लाग्ने काम आफ्नै ठाउँमा एकै छिनमा काम सम्पन्न भएकाले पालिका
प्रमुख लगायत सम्पुर्ण पालिकाका टिमलाई स्थानिय नागरिकले धन्यबाद दिएकाछन् ।
जहाँ गुनासो, त्यहाँ सम्बोधन, भन्दै पालिका अध्यक्ष
केसी प्रत्येक कार्यक्रममा सहभागी भई नागरिकका अन्य गुनासो न्युनिकरण तथा सम्बोधन
गरिरहेको बताएका छन् ।