स्ववियु निर्वाचन समयमै गर्न नेविसंघ इकाई समितिको माग


 फागुन २५ । नेपाल विद्यार्थी संघ ओखलढुंगा क्याम्पस इकाई समितिले स्ववियु निर्वाचन समयमै गर्न माग गरेको छ । ओखलढुंगा क्याम्पस इकाई समितिले आइतबार विज्ञप्ति प्रकाशन गरी समयमै निर्वाचन गर्न क्याम्पस ब्यवस्थापन समिति र क्याम्पस प्रशासन समक्ष माग गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्देशिका र कार्यतालिका सार्वजनिक गरेअनुसार, ओखलढुंगा क्याम्पसले फागुन २१ गते सुचना जारी गरी कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन विथोल्ने मनसायले निर्वाचन स्थगित गराउने वातावरण सिर्जना गरेको कुरामा नेपाल विद्यार्थी संघको ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ ।

इकाई समितिका सभापति सुवास पराजुलीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ;  ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने जिम्मेवारीबाट पछि नहटी, आवश्यक समन्वय गर्दै क्याम्पस ब्यवस्थापन समिति र क्याम्पस प्रशासन समक्ष निर्वाचन प्रकृयालाई यथासिघ्र सन्चालन गराउन नेपाल विद्यार्थी संघ इकाई समिति अपिल गर्दछ ।

ओखढुंगा क्याम्पस स्ववियु निर्वाचन समितिले क्याम्पसमा भएका सवद्यार्थी संगठनहरुबिच आम सहमति कायम नहुन्जेल सम्म स्ववियु निर्वाचन स्थगन गर्ने निर्णय भएको भन्दैफागुन २४ गते निर्वाचन स्थगन गरेको सुचना सार्वजनिक गरेको छ । उक्त सुचनामा स्ववियु निर्वाचन किन स्थगन गरिएको र  निर्वाचन कहिले गर्ने भन्ने मिति उल्लेख गरिएको छैन ।


प्रतिक्रिया