शिक्षक आन्दोलनको सातौ दिन के के छन कार्यक्रम


चैत २६ ।  शिक्षक महासंघको आयोजनामा गरिएको राजधानी केन्द्रीत शिक्षकहरुको आन्दोलनको छैठौ दिन वितेको छ ।  चैत २० गतेबाट सुरु भएको काठमाण्डौ केन्द्रीत आन्दोलन दैनिक फरक फरक कार्यक्रम गर्दै आएका हुन । आन्दोलनको सातौ दिन अर्थात चैत २६ गते मंगलबार टर्चलाइट बाल्ने कार्यक्रम रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

दैनिक सामान्य गतिविधीमा मात्र हराएको सरकारलाई दिउँसो लाइट बालेर खोजेर सरकार भेटाउन प्रयत्न गर्ने सुवेदीको भनाई छ । २६ गते दिउसो ११ बजे माइतीघर मण्डला जम्मा हुन सबै शिक्षकहरुलाई सामाजिक सन्जाल फेसबुक मार्फत आव्हान समेत गरिएको छ ।

प्रतिक्रिया