फराकिलो मतान्तरमा रामहरि खतिवडा विजयी


ओखलढुंगा कार्तिक ७ । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधीसभा सदस्य तर्फ रामहरि खतिवडा फराकिलो मतान्तरमा विजयी भएका छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारलाई ६८१८ मतको फरकमा विजयी भएका हुन् । मुख्य निर्वाचन कार्यालय ओखलढुंगाका अनुसार प्रतिनिधी तर्फ रामहरि खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरेका थिए । यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका थिए । यसरी हेर्दा ६ हजार ८१८ मतको फरक छ ।  प्रदेश सभातर्फ २ वटा र प्रतिनिधी तर्फ एउटा सिट भएको जिल्लामा तिनैवटा सिट गठबन्धनका उम्मेदवारले जितेका हुन् । प्रदेश क तर्फ नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवार विजयी भएका छन् । प्रदेश ख तर्फ नेकपा माओबादीका केन्द्रिय सदस्य बाबुराम गौतम विजयी भएका छन् । भने प्रतिनिधी सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य रामहरि खतिवडा विजयी भएका छन् । गठबन्धन संग नेकपा एमाले एक्लै चुनावी मैदानमा थियो । प्रतिनिधी सभामा नेकपा एमालेका केन्द्रिय सदस्य, संविधान सभा सदस्य, निवर्तमान सांसद यज्ञराज सुनुवार उम्मेदवार थिए । प्रदेश सभा सदस्य क मा प्रदेश नं. १ का पुर्व भौतिक योजना मन्त्रि अम्बिरबाबु गुरुङ उम्मेदवार थिए । त्यसै गरि प्रदेश सभा सदस्य प्रदेश ख तर्फ ज्ञान बहादुर खड्का (जिबी) उम्मेवार थिए ।

प्रतिक्रिया