ओखलढुंगा ८, फागुन । सिद्धिचरण नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बिनोद ताम्रकारले
आफुले पाउने तलब सुविधा बापतको रकमले वडाबासीलाई
राहत वितरण गर्नुभएको छ । वडाअध्यक्षले
पाउने सुविधा बापतको रकम नलिने घोषणा गरेका ताम्रकारले वडाबासीलाई राहत
वितरण गर्नुभएको हो । वडाभित्रका आर्थीक रुपमा विपन्न, अशक्त, बृद्धबृद्धा र भिन्न
क्षमता भएकाहरुको वडाबाटै पहिचान गरि उनिहरुलाई गत दशैँमा खाद्यन्न र अहिले जाडो
मौसममा ज्याकेट वितरण गरिएको हो । गत
दशैँमा ३० केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ पोका नुनका दरले ३२ जना वडाबासीलाई खाद्यन्न वितरण गरेका थिए ।
अहिले जाडो मौसममा न्यानोकपडा स्वरुप ज्याकेट वितरण गरिरहनु भएको हो । ३२ जनालाई ज्याकेट वितरण गरिसकिएको र बाँकीलाई
बितरण गरिरहेको ११ नं. वडा कार्यालयले जनाएको छ । छुट्टा छुट्टै समयमा ज्याकेट र
खाद्यन्न पाएका नागरिकहरु खुशी हुँदै वडाअध्यक्षलाई धन्यबाद दिएका छन् । आफ्नो कार्यकाल भरी आफुले पाउने सुविधा बापतको
रकमले वडाभरिका विपन्न नागरिकलाई आवश्यक्तानुसारको राहत बितरण गर्दै जाने
वडाअध्यक्ष बिनोद ताम्रकारले बताउनुभयो । उहाँले भन्नुभयो; ‘म निस्वार्थ सेवा गर्न जनप्रतिनिधी भएको हुँ, मेरो ५ वर्षको कार्यकाल भरी मैले पाउने तलब भत्ता बापतको रकम विपन्न नागरिकको
सहयोगमा खर्च गर्छु ।’ पहिलो पटक गत दशैँमा खाद्यन्न वितरण गरिएको र दोश्रो पटक चिसोको
समय भएकाले ज्याकेट वितरण गरिरहेको बताएका छन् । हिडडुल गर्न सक्नेलाई
वडाकार्यालयमा बोलाएर वितरण गर्ने गरेको र हिडडुल गर्न नसक्नेलाई घरमै गएर दिने
गरेको बताएका छन् । अहिले ज्याकेट वितरण कार्य भईरहेको छ, ३२ जनालाई ज्याकेट दिईसकिएको र १० वटा भन्दा बढी ज्याकेट दिन बाँकी नै भएकोले
वितरण गरिरहेको अध्यक्षले बताउनु भयो । जाडो समय पुसमै वितरण गर्नेगरि ज्याकेट
अर्डर गएिको भएपनि काठमाण्डौ बाट माघको अन्तिममा मात्रै ज्याकेट बनाएर पठाईदिएकाले
ज्याकेट वितरण गर्न केहि ढिला भएको बताएका छन् । अब विद्यार्थीलाई विद्यालय पोशाक
दिने सोच भएकाले बालमन्दिरका विद्यार्थी र युवावर्ष आधारभूत तह वितलवका
विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्ने तयारी रहेको वडाअध्यक्षको भनाई छ ।