ओखलढुंगा–काठमाण्डौ सम्पर्क समितिले नयाँवर्षको शुभकामना आदानप्रदान गर्ने


राजकुमार कार्की

बैशाख ११ । ओखलढुंगाकाठमाण्डौ सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौको नवदुर्गा पार्टीप्यालेसमा बैशाख १३ गते दिउँसो १ बजे कार्यक्रमको आयोजना गरिएको हो । काठमाण्डौ भ्यालीमा रही विभिन्न पेशा ब्यावसायमा आबद्ध नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बिचमा शुभकामना आदानप्रदान गरिने सम्पर्क समितिका अध्यक्ष खिलानाथ लुइटेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय नेताहरु र ओखलढुंगाका जिल्लाका सभापति एवं पदाधिकारी सदस्यहरु, विभिन्न भातृ तथा भगीनी संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहनेछ । नेपाल साँस्कृतिक महासंघ जिल्ला कार्यसमिति ओखलढुंगाले तयार पारेको नयाँ भित्तेपात्रोको वितरण कार्यक्रम पनि रहेको छ । साथै साँस्कृतिक महाँसंघको विशेष साँस्कृतिक प्रस्तुती समेत रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया