सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल सँग गरिएको कुराकानी
ओखलढुंगा,
२०६७
सालदेखि निजामती सेवामा लागेका शाखा अधिकृत बलराम लम्साल हाल सिद्धिचरण नगरपालिकाको
प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । प्रस्तुत छ, उहाँसँग संवाददाता लीला
सुनुवारले पालिकाको सेरोफेरोमा रहेर गरेको कुराकानीको सम्पादित अंश :
सिद्धिचरणले
विकास निर्माणको कामलाई कसरी अगाडि बढाइरहेको छ ?
हामीले
यस चालू आर्थिक वर्षको योजना असारमा निर्माण ग¥यौं । त्यो एक वर्षको योजनाले
सिद्धिचरणका जनताले पाउने विकासका आधारशिला के–के हुने र त्यसलाई कसरी अगाडि बढाउने
भन्ने एउटा खाका तयार पारेको छ । ती योजनाहरुलाई कार्यान्वयन गर्नका लागि हामीले
कार्ययोजना बनायर अगाडि बढेका छौं । कुन योजनालाई कुन समयमा कार्यान्वयन गर्ने ।
त्यो योजनाबाट जनतालाई के–कस्तो प्रतिफल प्राप्त हुन्छ र त्यो प्रतिफल जनतालाई छिटो
डेलिभरी गर्ने हिसाबले हामी अहिले अघि बढिरहेका छौं ।
चालू
आर्थिक वर्षको योजना छनोटमा पालिकाले कुन क्षेत्रलाई बढी प्राथमिकतामा राखेको छ ?
हामीले ६
वटा प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेका छौं । त्यसमा पूर्वाधार विकासमा बजेट
धेरै छुट्याएका छौं । कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ र पर्यटनमा हामीले विशेष प्राथमिकताका साथ बजेट
बिनियोजन गरेका छौं ।
छनोट
भएका योजनाहरूको कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो ?
आर्थिक
वर्षको शुरुआती असार मसान्तमा बनेका योजनाको ६० प्रतिशत योजना कार्यान्वयन
प्रक्रियामा रहेका छन् भने ४० प्रतिशतकोे योजना सम्पन्न भएर भुक्तानी समेत भएका
छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनाहरुको सम्झौता यही १०
गतेभित्र गरेर काम अघि बढाउने प्रक्रियामा छ । बहुवर्षीय ठेक्काका योजनाहरुको
निरन्तर काम भइरहेका छन् । यो वर्षमा लागेका दुईवटा ठेक्काका काम सम्पन्न भएर
भुक्तानी समेत गरिएको छ । केही योजना सम्पन्न हुने चरणमा छन् ।
ठेक्कामार्फत
काम गर्ने क्रममा ठेकेदारबाट समस्या हुने गरेको देखिन्छ । सिद्धिचरणको हकमा यस्तो
समस्या आएको छ कि छैन ?
हाम्रा
धेरैवटा योजना ठेक्कामा छैनन् । १२÷१३ वटा योजना मात्रै ठेक्कामार्फत गरिएको छ । त्यसमा हाम्रो
मिश्रित अनुभव छ । केही ठेक्का समयमै काम सम्पन्न भएर हस्तान्तरण भएका छन् । जस्तै
नगरपालिकाको भवन समयमै काम सम्पन्न भएको छ । एक वर्षीय योजनाहरुमा भने केही समस्या
आएका छन् । स–साना
बाटोमा विनियोजन भएका योजनाहरु समयमा सम्पन्न हुनसकेका छैनन् । त्यस्ता योजनालाई
समय थप गरेर योजना सम्पन्न गर्ने गर्नुपरेको छ । हाम्रा केही वडा कार्यालयका भवन
निर्माणमा ठेकेदारबाट ढिलासुस्ती चाहिँ भएको छ ।
समयमा
योजना सम्पन्न नगर्ने ठेकेदारीलाई के–कस्ता कारबाही गर्ने गर्नुभएको छ ?
सबै
ठेकेदार एकै प्रकृतिका छैनन् । केही ठेकेदारमा समस्या आएका हुन् । केही ठेकेदारले
समयमा सम्पन्न गरेका छन् भने केहीले ढिलासुस्ती गरेका छन् । काममा ढिला गर्ने
ठेकेदारलाई ताकेता गरेर काम सम्पन्न गराउने, समयमा काम सम्पन्न गर्न नसक्नुका कारणसहित उपस्थितिका लागि
पत्रचार गर्ने र यत्ति गरिसकेपछि पनि काम सम्पन्न भएन भने बाँकी अवधिको जरिवाना
काटेर मात्रै भुक्तानी गर्ने गरेका छौं ।
सुशासनका
लागि कत्तिको ध्यान दिने गर्नुभएको छ ?
हामीले
सुशासनका लागि सबै प्रक्रिया अगाडि बढाएका छौं । हाम्रा हरेक क्रियाकलापलाई
वेभसाइटमा सार्वजानिक गर्ने गरेका छौं । सेवाग्राहीलाई सहजताका लागि सिद्धिचरण
चार्टको व्यवस्था गरेका छौं । काममा पारदर्शिता, सेवाग्राहीलाई गुनासो गर्न सहज र
सेवाग्राहीको काममा सहजताका लागि एक जना कर्मचारीसहितको हेल्प डेस्कको व्यवस्था
गरेका छौं । हामीले गरेका हरेक क्रियाकलापलाई जनतामाझ पु¥याउन वेभसाइट र फेसबुक पेजमा राख्ने,
नगरपालिकाका कार्यक्रमको
जानकारी पत्र–पत्रिका
तथा रेडियोहरुबाट प्रसारण गराउने गरेका छांै ।
विकास
निर्माण तथा सुशासनमा जनप्रतिनिधिहरु कत्तिको संवेदनशील रहेको पाउनुभएको छ ?
नगरपालिकामा
जनप्रतिनिधिहरु विकासकै एजेन्डा बोकेरै आउनुभएको छ । विकासकै लागि आएकाले उहाँहरु
इमानदारपूर्वक तथा तदारुकताका साथ जनतालाई कसरी सेवा सहज दिन सकिन्छ,
विकासलाई कसरी प्रभावकारी बनाउन
सकिन्छ, जनताका
माग र चाहना अनुसार हामीले कसरी बजेट व्यवस्थापन गरेर सुन्दर सिद्धिचरण बनाउन
सकिन्छ भनेर काम गरिरहनुभएको मैले पाएको छु ।
सुन्दर
पालिका निर्माणका लागि कुनै विशेष कार्यक्रम छनोट गर्नुभएको छ कि ?
सुन्दर
सिद्धिचरण निर्माणका लागि हामीले विभिन्न किसिमका मार्गचित्र निर्माण गरेका छौं ।
अहिले हामीले आवधिक योजना निर्माण गरिरहेका छौं । कस्ता–कस्ता ठाउँमा कस्ता योजना निर्माण
गर्दा खास जनताले खोजेको विकास दिन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न चरणमा
सरोकारवालाहरूसँग छलफल गरिसकेका छांै । शैक्षिक प्रणाली सुधारका लागि शिक्षा
सुधारकार्य योजना तयार गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा छौं ।
शिक्षा
सुधार कार्ययोजनामा कस्तो योजना बनाउनुभएको छ ?
शैक्षिक
सुधारका लागि नगरपालिकाभित्र रहेका विद्यालयहरुमा ई–हाजिरीको व्यवस्था गर्ने योजना बनाएका
छौं । विद्यार्थीका लागि विद्यार्थी डायरीको व्यवस्था र शिक्षकका लागि शिक्षक
डायरीको व्यवस्था गर्ने योजना बनाएका छौं । प्रत्येक विद्यालयमा सीसीटिभीको
व्यवस्था पनि गर्ने योजना छ ।
प्रायःजसो
स्थानीय तहमा बेरुजुको समस्या निक्कै देखिने गरेको छ । तपाईंको पालिकाको अवस्था
कस्तो छ ?
हाम्रो
पालिकामा बेरुजु मुख्य समस्याका रूपमा छैन । स्थानीय तहहरु भर्खर निर्माण भएका र
त्यहाँ सबै किसिमका ऐन कानुन निर्माण भइनसकेको अवस्था छ । जसले गर्दा स्थानीय
सरकारले आफ्ना कार्यसम्पादन गर्नुपर्ने पाटो एकातिर छ भने अर्कोतिर सबै कानुन
निर्माण भइसकेको अवस्था छैन । कानुनको अभावमा बेरुजु पूर्णरूपमा नियमन गर्न सकिएको
छैन । गाविस हुँदादेखिका बेरुजुहरु जोडिएकाले पनि बेरुजुको भोलुम ठूलो देखिएको हो
। हामीले भइराखेका नियम कानुनको परिपालना गर्ने तथा नभएका ऐन कानुनको निर्माण
गर्ने र त्यसका आधारमा कार्यक्रमको कार्यान्वयन गर्ने गरेका छौं । सुशासन र
पारदर्शिताका आधारमा काम गर्ने, औचित्यका आधारमा काम गर्ने गरेका छौं ।