भारतमा गेरुवस्त्र भिरेका प्रचण्डले हिन्दु धर्मको कुरा गर्दा गठबन्धन तोड्नुभयो : रामहरि खतिवडा


झगनखबर

चैत १८ । कांग्रेसको महासमिति बैठकमा हिन्दु धर्म सम्बन्धी छलफल भएको भन्दै सरकार गठबन्धन तोडेका प्रचण्डलाई भारतमा गेरुवस्त्र लगाएर मन्दिर घुमेको नविर्सिन रामहरि खतिवडाले आग्रह गर्नु भएको छ । नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति ताप्लेजुङ प्रदेश क ले आयोजना गरेको अन्तर्कृया तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले यस्तो आग्रह गर्नुभएको हो  । समसामयिक, राजनीतिक, परिबेश तथा सांगठनीक एकता र सुदृढीकरणका लागि बृहत कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भारतमा गएर गेरुवस्त्र भिरेर मन्दिर फन-फन घुमेको  नबिर्सीन आग्रह गर्नु भयो ।  उहाले भन्नु भयो'कांग्रेसको महासमिति बैठकमा धर्मको स्टलनै थापेको भनेर गठबन्धन तोडेको भन्ने प्रचण्डले भारतमा जाँदा गेरुवस्त्र भिरेर मन्दिर फन-फन घुमेको नबिर्सीन अनुरोध छ ।' कांग्रेस सँग गठबन्धन तोडेर नेकपा एमाले सँग गठबन्धन गरी प्रधानमन्त्री बन्नु भएका प्रचण्डले हिन्दुधर्मको वकालत गर्ने कांग्रेस सँग गठबन्धन हुन नसक्ने बताउदै आउनु भएको छ । गठबन्धन गरेर सँगै चुनावमा गएको माओबादी कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नु भएको थियो । चुनावमा सबै भन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षमा रहेको छ । केहि महिना अगाडी सम्पन्न भएको कांग्रेसको महासमिति बैठकमा अधिकांंस केन्द्रीय सदस्य र महासमिति सदस्यले हिन्दु धर्मको संरक्षण गर्न छलफलमा आउनुपर्ने माग राख्दै हस्ताक्षर बुझाएका थिए ।

राज्यब्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांगेसका केन्द्रीय सदस्य रामहरि अतिवडाले २००७ सालदेखि पटकपटक आन्दोलनको नेतृत्व गरेको कांग्रेसले संविधानको बनाई स्थानिय सरकारको समेत व्यवस्था गरेको बताउनु भयो । नयाँ जोगीले धेरै खरानी घस्ने गरेको बताउदै नयाँ दलहरुले स्टन्टबाजी मात्रै गरेको आरोप लगाउनु भयो । संगठनको जग स्थानिय तह भएकाले प्रत्येक वडा, टोल घर बलियो बनाउन सबै पालिका प्रमुख लगायत वडाअध्यक्षहरुलाई आग्रह समेत गर्नुभएको स्वकीय सचिव हुकुम राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया