सशक्त बनाइदै शिक्षक आन्दोलन


चैत २४ । शिक्षक महासंघको आयोजनामा गरिएको राजधानी केन्द्रीत शिक्षकहरुको आन्दोलन थप सशक्त बनाउने घोषणा गरिएको छ । चैत २० गतेबाट सुरु भएको काठमाण्डौ केन्द्रीत आन्दोलनलाई चैत २५ गतेबाट थप सशक्त बनाउने घोषणा गरिएको हो । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षककर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन माग गर्दै शिक्षकहरु काठमाण्डौमा आन्दोलनरत छन् । आन्दोलनको पाँचौ दिन सम्म पनि सरकार पक्षबाट गरिएको बेवास्तालाई मध्यनजर गर्दै आन्दोलन थप सशक्त बनाउन लागिएको शिक्षक नेताले बताएका छन् ।

शिक्षक महासंघले विज्ञप्ति प्रकाशन गरेर चैत २५ गतेबाट आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलबहादुर थापाको संयुक्त हस्ताक्षरमा २४ गते प्रकाशीत विज्ञप्तिमा आन्दोलन थप सशक्त बनाउने घोषणा गरिएको हो । उक्त विज्ञप्तिमा, ‘आन्दोलनलाई थप सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरका सबै विद्यालय बन्द गरी काठमाण्डौको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरुलाई आग्रह गर्दछौ । भनिएको छ । त्यसै गरी उत्तरपुस्तिका परिक्षण, नतिजा प्रकाशन, तालीम गोष्ठी सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन शिक्षक, कर्मचारीहरुलाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।


प्रतिक्रिया