कार्तिक २६ देखि मंसिर २ गते सम्मको साप्ताहिक राशिफल

साप्ताहिक राशिफल

मेष M चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता आफन्तसँग भेटघाट हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलता पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग खैरो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष M  , , , , वा, वि, वु, वे, वो

यो सातामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क१,२ र शुभ रङ्ग कालो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

 मिथुन M का, कि, कु, , , , के, को हा

यो साता नयाँ कामको योजना बन्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । कृषि कार्यमा पनि सफलता मिल्नेछ । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क २, ९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

 कर्कट M हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता सरकारी निकायको भय रहला । कार्यमा सम्पादनमा समस्या आउला । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा दुविधा पनि उत्पन्न हुनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नसक्छ ।

 सिंह M मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो हप्ता राजनैतिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ र साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ । साताको अन्त्यमा स्वास्थ्य बिग्रन सक्छ । यो साताका लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग खरानी वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

 कन्या M टो, पा, पि, पु, , , , पे, पो

यो साता शुभकार्यको योजना बन्नेछ । धनार्जनका नयाँ योजनाहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन पनि सक्नेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

 तुला M रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता शुभ कार्यको चर्चा चल्नेछ । भाग्योदय हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक M तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अध्ययनअध्यापनको क्षेत्र भने कमजोर रहन सक्छ । पारिवारिक सद्भाव पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ६ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

 धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो हप्ता आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ । नयाँ कार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ साथै केही कठिनाइको सामना पनि गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क ६, ९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले राम्रो हुनेछ ।


 मकर M भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

 कुम्भ M गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क २, ४ र शुभ रङ्ग गुलाबी वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 मीन M दि, दु, , , , दे, दो, चा, चि

यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । साताको अन्त्यमा आफन्तले सहयोग गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ । यो साताका लागि शुभ अङ्क २, ३ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।


राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
                                                                                               ज्यो.प. नारायणप्रसाद दुलाल

 

प्रतिक्रिया