झगनखबर
पुस ४ । जिल्लाको मोलुङ्ग गाउँपालिकामा बृद्ध
महिलाको हत्या गरेको आरोपमा एक जना नाबालक सहित तिन जना पक्राउ परेका छन् ।
मोलुङ्ग गाउँपालिका–३, चेस्को बस्ने ८२ वर्षीय बालामाया सुनुवारको हत्यारोपमा मंगलबार पक्राउ
गरिएको हो । मोलुङ्ग गाउँपालिका– ५ बस्ने १९ वर्षीय टुक बहादुर कटवाल, सोही गाउँपालिका–३ का २५ वर्षीय मान
बहादुर भुजेल र एक जना १६ वर्षका नाबालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको
छ ।
आफ्नै घरको निदालमा
झुन्डीएको अवस्थामा मंसिर ३० गते स्थानियबासीले फेला पारी प्रहरीलाई खबर गरेका थिए
। घट्ना स्थलमा पुगेको प्रहरी टोलीले झुन्डीएको अवस्थामा भएको बृद्ध महिलाको आत्मा
हत्या नभई हत्या भएको आशंका गरेको थियो । घटनाको प्रारम्भिक अनुसान्धानबाट
आत्माहत्या नभई हत्या हुनसक्ने अनुमान गरी अनुसन्धान गर्दै जाँदा नीजहरुलाई पक्राउ
गरिएको प्रहरीले जनाएको छ ।
निज बलमाया घरमा एक्लै बस्दै आउनु भएको थियो । बृद्ध महिला एक्लै भएको मौका छोपी लुटपाट गर्ने उदेश्यले हत्या गरी झुन्ड्याई ढोका बाहिरबाट चाबी लगाइदिएका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार, मंसिर २८ गते बिहिबार बेलुकी करिब ८÷९ बजेको समयमा बृद्ध महिलालाई बाहिरबाट ढोका खोल्न बोलाएका थिए । निज बृद्ध महिलाले भित्रबाट ढोका खोलेपछि भित्र छिरेका तिन जना आरोपीहरुले ढुङ्गा प्रहार गरी बेहोस बनाएका थिए । बेहोस भई भुँइमा ढलेकी बृद्ध महिलाको घाँटी थिचेर हत्या गरी झुन्ड्याएका थिए । हत्या गरेपछि मृतक सुनुवारको घाँटीमा प्लाष्टिकको डोरी लगाई सुनवारकै घरको निदालमा झुन्ड्याई बाहिरबाट ढोकामा चाबी लगाई दिएका थिए । मृतक सुनुवारको नाँक, कान, घाँटीमा भएको सुन र चाँदीको माला र पैसा समेत लिएर फरार भएका थिए ।
हत्या
गरी धनमाल लुटेर फरार अवस्थामा रहेका आरोपीहरुलाई प्रहरीले खोजी गरिरहेको थियो ।
खोजी गर्ने क्रममा प्रहरीले उक्त ओरोपीहरुलाई मंगलबार पक्राउ गरी थप अनुसन्धान
गरिरहेको जिल्ला प्रहरी कर्यालय ओखलढुंगाले जनाएको छ । घटना २८ गते घटेपनि
स्थानियबासीले ३० गते मात्रै थाहा पाएका थिए । घरबाहिर बाट ढोकामा चाबी लगाएकाले
कोही आफन्तको गएको होला भन्ने आशंकाले समयमै खोजी नगरिएको स्थानियबासीको भनाई
रहेको छ ।