१७ चैत । यस वर्षको एसईईको परिक्षामा जापान बाट
पनि विद्यार्थीहरु सहभागी भएका छन् । एसईई परिक्षाको इतिहाँसमै पहिलो पटक बाह्य
देशमा अध्ययन गरेका विद्यार्थीहरुलाई सोही
देशबाट परिक्षामा सभागी गराइएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस
वर्ष जापानबाट १४ परीक्षार्थीहरु एसईईमा
सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै
परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका
विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले
जानकारी दिनुभयो ।
१७ चैत २०७९, शुक्रबार ०७:५८ मा प्रकाशित
402