बजार अनुगमनमा प्राप्त अखाद्य वस्तु जलाईयो


ओखलढुंगा १६, चैत । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले रमाईलो डाँडास्थित बजार अनुगमन गरेको छ । बिहिबार सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलको नेतृत्वमा बजार अनुगमन गरिएको हो । उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल गर्दै म्याद नाघेका अखाद्य वस्तु,नियम विपरीत राखिएका वस्तुहरुको मुल्य नियन्त्रणका लागी बजार अनुगमन गरिएको हो । अनुगमन बाट ५५ हजार ४ सय २६ रुपैयाँ रकम बराबरको म्याद नाघेका सामग्रीहरु बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । म्याद नाघेका वस्तुहरु दैनिक उपभोग्य रहेको र प्रायजसो बच्चाहरुले प्रयोग गर्ने सामग्रीहरु भएको जानकारी दिएका छन् । अनुगमनमा सिद्धिचरण नगरपालिका सहित सरोकारवाला कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बरामद गरिएका वस्तुहरुलाई वडानं. १२ स्थित गोसखानमा जलाई नष्ट गरिएको छ । अनुगमनको क्रममा म्याद नाघेका खाद्य सामग्रीहरु नराख्न र गुणस्तर, नापतौलमा ध्यान दिन तथा ब्यावसायीले सम्बन्धित निकायमा दर्ता गरेको कागजपत्र, साइनबोर्ड सबैले देख्ने ठाउँमा राख्न पनि निर्देशन दिईएको छ ।

प्रतिक्रिया