कांग्रेस बिना नेपालमा एउटा पनि परिवर्तन भएको छैन : डा. रिजाल

झगनखबर

 असार २० । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसको नेतृत्व बिना नेपालमा कुनै पनि परिवर्तन नभएको बताउनु भएको छ  । नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलन र  परिवर्तनले अरु राजनितिक दलहरु पनि अगाढी बढीरहेको बताउनुभयो ।  नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै डा. रिजालले यस्तो बताउनु भएको हो । बल बहादुर राई १३औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथी भई  ओखलढुंगा आउनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस विविधतामा एकताको राजनितीलाई बोकेर हिड्न सक्ने ल्याकत रहेको पार्टी भएको बताउनु भयो । कांग्रेसको कदअनुसारको सिट संख्या नभए पनि देशै भरि सबै सँग समन्वयात्मक भूमिकामा अब्बल रहेको बताउनुभयो । पार्टी भित्रैबाट केहि खटपटका कुरा विभिन्न सार्वजनिक ठाउँमा दिइने अभिव्यक्तिले कार्यकर्तामा निराशा छाउने भएकाले आफु भन्दा ठुला नेतृत्वलाई गाली गर्दै बिरोध गर्नु भन्दा आफु भन्दा पछाडीकालाई कसरी उपयुक्त नेतृत्व दिन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

२००८ सालमा विश्वेश्वर प्रसाद कोइरालाले मातृका प्रसाद कोइरालाको नेतृत्वको सरकारलाई फिर्ता बोलाउने निर्णय विपरित मातृका प्रसाद कोइरालाले पार्टी फुटाई मातृकाकै नेतृत्वको पार्टी ठुलो बनाउने खेल भएको र उक्त खेलको विपी कोईरालाले गाली गलौज र विरोध नगरी जिल्लाजिल्लामा संगठन गर्न झोला बोकेर हिडेको स्मरण गराउदै, पार्टी नेतृत्वलाई गाली गरेरमात्र पार्टी नबन्ने कुरामा जोड दिनुभयो । कांग्रेसमा बदल्ने आँट र अनुभव भएकाले यि दुवैलाई जोडेर देश विकास तर्फ लगाउन सबैलाई आग्रह गर्नुभयो । कांग्रेसले जुनसुकै कठिन परिस्थितिमा पनि उठेर धुलो टक्टक्याउदै भएपनि देशलाई नेतृत्वदायी भूमिका दिएर परिवर्तन गरेको छ । २००७ साल देखि विभिन्न समयमा गरेको नेतृत्वदायी भूमिकाले नै देशमा परिवर्तन आएको छ । २०४६ साल ०६२÷०६३ को आन्दोलन पनि नेपाली कांगे्रसकै नेतृत्वमा परिवर्तन भएको हो । नेपालमा कांग्रेसको कद अनुसारको परिवर्तन हुने भएकाले  ०६४ सालको संविधान सभा चुनावमा कांग्रेसको कद सानो भयो, देशले संविधान पाउन सकेन, ०७० सालमा भएको दोश्रो संविधानसभा चुनावले कांग्रेसलाई ठुलो दल बनाएकाले संविधान निर्माण भएको बताउनु भयो ।

 बिपी स्मृती भवन ओखलढुंगामा नेपाल प्रेस युनियन जिल्ला शाखाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका  केन्द्रिय सदस्य एवं प्रतिनिधी सभा सदस्य रामहरि खतिवडा, पार्टी  सभापति तेजेन्द्र खनाल, ट्रेड युनियन कांग्रेस पुर्व केन्द्रिय अध्यक्ष खिलानाथ दाहाल, महाधिबेशन प्रतिनिधी बालकृष्ण दाहाल, पदाधिकारीहरु, नेता कार्यकर्ता लगायत जिल्लास्थित सन्चार कर्मीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया