हेलिकप्टर दुर्घनाका शवहरुलाई काठमाण्डौ लगियो : फोटो सहित


झगनखबर

असार २६ । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाण्डौ लगिएको छ । ६ जनाकै शव पहिचान भए पछि २ वटा हेलिकप्टर मार्फत मंगलबारै काठमाण्डौ लगिएको हो ।

मनाङ एअरको नाइनएन एएमभी कलसाइनको हेलिकोप्टर मंगलबार  सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनामा परेको थियो। सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९ एनएएमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

चौरी गोठालाहरूले चिहानडाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटीएको बताएको  लिखुपिके  गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले  बताउनुभयो । भेडागोठालाहरूले भने अनुसार उक्त विमान चिहानडाँडामा ठोक्किएर दुर्घटना भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उहाँका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् भने पाइलोट नेपाल हुन् । हेलिकप्टरमा सवार ६ जनाकै घट्नास्थलमा मृत्यु भएको थियो ।


प्रतिक्रिया