राजकुमार कार्की
फागुन २३। पार्टी र जनप्रतिनिधी बिचमा आउने दरारले मूलुक बन्न नसक्ने नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले बताउनु भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुंगाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री उपाध्यायले यस्तो बताउनु भएको हो । अहिले आमरुपमा पार्टी र जनप्रतिनिधीको सम्बन्धको विचमा दरार आएको कुरा आईरहेको छ, यसले मुलुक बन्न नसक्ने बताउनु भयो । पार्टीबाट टिकट लिएर जित्ने प्रतिनिधी र पार्टीबिचमा सुमधुर सम्बन्ध भएमात्र सहज विकास जनताले सुविधा पाउने बताउनु भयो । उहाँले भन्नुभयो; ‘पार्टीबाट टिकट लिएर जो प्रतिनिधी बन्नु भएको छ, उहाँलाई म मात्र जिते भन्ने भान भएको छ । उहाँलाई पार्टीले टिकट दिएको हुन्छ र पार्टीको चिन्हबाट जितेको हुन्छ । प्रतिनिधीले मैले पार्टीको रुख चिन्हबाट जितेको हो भन्ने दायित्व बोध गर्नुप¥यो र पार्टीका साथीहरुले पनि प्रतिनिधीहरुसँग बस्ने विकास निर्माणका विषयमा छलफल गर्ने गर्नुपर्छ । तबमात्र देशविकास हुन्छ र जनताले सेवा सुविधा पाउछन् ।’
पार्टीका जिम्मेवार
नेताहरुले प्रेस युनियन र जनप्रतिनिधी विचमा संवाद गराउन सकियो भने मात्र पनि
नेपाली कांग्रेसको वास्तविक सिद्धान्त, मर्म र भावना के हो
भनेर नागरिकलाई थप बुझाउन सकिन्छ । बीपीले
परिकल्पना गरेको जस्तो मूलुक बनाउनको लागि युवाहरुलाई स्वदेशमै रोजागारीको
ब्यवस्था गर्नु पर्दछ । नेपाल श्रोत र साधनले भरिपूर्ण भएर पनि खोजअनुसन्धानको
अभावका कारण युवाहरुलाई जोड्न सकेका छैनौँ । देशमा भएका श्रोत र साधनलाई अधिक्तम
उपयोग गरेर युवालाई स्वरोजगार बनाउन सक्यो भने मात्र बीपीले परिकल्पना गरेजस्तो देश बनाउन सकिने बताउनु भयो
। यस विषयमा पार्टीका साथीहरु र जनप्रतिनिधी विचमा गहन छलफल हुन आवश्यक छ । वडा तहदेखि
संघ र प्रदेश सम्मका प्रतिनिधीहरु पार्टीका जिम्मेवार नेताहरु विचमा विकास र
निर्माणका विषयमा गहन छलफल हुन सक्यो भने मात्र विकास हुन सक्ने र नागरिकले सुविधा
पाउने कुरामा जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै
उपाध्यायले नेपाली कांग्रेसलाई बीपीले जसरी, युवाको पार्टी, किसानको पार्टी, सबै धर्म जातजातिको
पार्टी भनेर चिनाउनु भएको थियो, त्यसरी नै अहिले हरेक कृयाशिल सदस्य सम्म पु¥याउन आवश्यक रहेको
बताउनु भयो । अहिलेको राष्ट्रिय राजनीतिमा जे भईरहेको छ । हाम्रो मूलउदेश्य भनेको
देशमा स्थाई सरकार निर्माण गर्ने र संविधानमा आएका केहि त्रुटीहरु देखा परेभने
त्यसलाई सम्बोधन र संशोधन गरेर भएपनि देशलाई अगाडी बढाउन सकिन्छ भन्ने विषयमा
जिल्लातह देखि नै छलफल गराउन आवश्यक रहेको बताउनु भयो ।
नेपाल प्रेस युनियन
जिल्ला शाखाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवं पूर्वराज्यमन्त्री डिना
उपाध्याय,
नेपाली कांग्रेस
केन्द्रीय सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रदिप कुमार
सुनुवार,
नेपाल पत्रकार महासंघ
निवर्तमान केन्द्रीय कार्यबाहक अध्यक्ष बालाअधिकारी, नेपाली कांग्रेस कोशी
प्रदेश सदस्य सविता राई, जिल्ला कोषाध्यक्ष विनोद ताम्रकार, जिल्ला सहमहामन्त्री भोजकुमार श्रेष्ठ लगायत
जिल्लास्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।