नेपाल शिक्षक संघ ओखलढुंगाको प्रतिनिधी सभा सम्पन्न


चैत ३ । नेपाल शिक्षक संघ ओखलढुंगाको २६औँ जिल्ला प्रतिनिधी सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजनामा शनिबार सभा सम्पन्न भएको हो । जिल्लास्थित स्थानिय तहका शिक्षक प्रतिनिधीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल शिक्षक संघ केन्द्रीय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएका छन् । नेपाल सरकारले शिक्षा ऐन जारी नगरेसम्म शिक्षक संघले आन्दोलन नछोड्ने अध्यक्ष गिरीले बताउनुभयो । उहाँले भन्नुभयो; ‘आगामी चैत २० गतेदेखि ऐन जारी नभएसम्म, काठमाण्डौ जान्छौ, त्यहि खान्छौ त्यहि सुत्छौ, यो आन्दोलन निर्णायक र अन्तिम हो । त्यसैले यो आन्दोलन या त जितिन्छ, या त सडकमै बितिन्छ ।

नेपाल शिक्षक संघ ओखलढुंगाका अध्यक्ष रमेश कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आयब्यय प्रस्तुत तथा वार्षिक कार्यक्रमहरुको समिक्षा समेत गरिएको थियो ।  

प्रतिक्रिया