एकै पटक १० जना उम्मेदवारलाई स्पष्टीकरण माग

असोज ३१ । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा विभिन्न दल बाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले आफुहरु स्वतन्त्र उम्मेदवार हो भनी प्रचारप्रसार गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । असोज ३० गतेको मितिमा प्रकाशन गरेको विज्ञप्तिमा प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यका १० जना उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । विभिन्न दल बाट मनोनयन दर्ता गराएको भए पनि आफुहरु स्वतन्त्र उम्मेदवार हो भन्दै लौरो चिन्ह बाट प्रचारप्रसार गरेका थिए । आफु आबद्ध रहेको दलको स्पष्ट नगरी आफु स्वतन्त्र उम्मेदवार रहेको भनी गरेको प्रचारप्रसार कार्य बाट निर्वाचनको स्वच्छता र निश्पक्षतालाई प्रभावित गर्ने आम मतदातालाई समेत भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सन्जाल बाट प्रचारप्रसार गरेको कार्यबाट जानजान निर्वाचन कानुनको उलंघन समेत भएको पाइएकोले २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको विज्ञप्ति मार्फत निर्वाचन आयोगले जानकारी दिएको छ ।

काठमाण्डौ क्षेत्र नं. ५ का प्रतिनिधी सभा सदस्य उम्मेदवार मधुसुदन पाठक, सिरहा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार शिवशंकर यादव, सिरहा क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार राजलाल यादव, सिरहा क्षेत्र नं. २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार यागेशकुमार सिँह, काठमाण्डौ क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार विजय कालिकोटे, रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार प्रख्यात बन्जाडे र नुवाकोट क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार दिपेश ढुंगाना रहेका छन् । विज्ञप्तिमा  आफ्नो दलिय आवद्धतालाई स्पष्ट नगरी आफु स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान रहेको भनि प्रचारप्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उलंघन हुदैन भन्ने आधार कारण के छ < तपाईको दल हाम्रो नेपाली पार्टीलाई लौरो निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गर्ने कार्यले दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा भ्रम सिर्जना भएको भनी यसपूर्व आयोग बाट पत्रचार समेत भईसकेको सन्दर्भमा तपाई उक्त दलको उम्मेदवार बाट आयोगको निर्देशन विपरित पुनः सोहि कार्य दोहोरिए बाट तपाईलाई निर्वाचन आचारसंहिताको उलंघनमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा ३ बमोजिम रु १ लाख रुपैया सम्म जरिवाना किन नगर्नु पर्ने हो < पत्र प्राप्त भएको २४ घण्टा भित्र तपाई उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन आयोग नेपालमा स्वयम उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्नु होला । अन्यथा प्रचलीत कानुन बमोजिम कारबाही हुने ब्यहोरा निर्णयानुसार अनुरोध छ । भनिएको छ । राजनितिक दल सम्बन्धि ऐन २०७३ को दफा ९ को उपदफा ४ बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया