कालिका मा.वि. सिस्नरीको नवनिर्मित भवन शिक्षामन्त्रीद्वारा उद्घाटन गरिने

 झगनखबर

फागुन ९ । कालिका माध्यमिक विद्यालय सिस्नेरीले नवनिर्मित भवन शिक्षामन्त्रीद्वारा उद्घाटन तथा बृहत साँस्कृतिक कार्यक्रम सहित विद्यालयको ६२औँ वार्षिकोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ६२औ वर्ष प्रबेस गरेको अवसरमा विविध कार्यक्रम गरी फागुन १६ गते भवन उद्घाटन गरिने भएको हो । कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधी मन्त्री माननिय अशोक कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न गरिने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज खड्काले बताउनु भयो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिने पनि बताएका छन् ।  सुविधायुक्त २४ कोठे भवनको निर्माण सम्पन्न भएपछि वार्षिकोत्सवसँगै उद्घाटन गरिने ब्यवस्थापन समितिले जानकारी दिएको छ । भुकम्प पश्चात नेपाल सरकार केन्द्रिय आयोजना कार्यान्वयन इकाईको आर्थीक सहयोगमा निर्माण भएको हो । केसी कन्ट्रक्शन कुपनडोलले निर्माण गरेको उक्त भवन मूल्यअभिबृद्धी कर बाहेक  ७ करोड २९ लाख ९५ हजार ३ सय ६५ रुपैयाँ ९० पैसामा निर्माण सम्पन्न भएको बताएका छन् । ३।३ तले दुईवटा  भवनमा स्टाफ रुम, कम्प्युटर ल्याब, पुस्तकालय, साइन्स ल्याव सहित २४ कोठा रहेको छ । उक्त नयाँ भवन निर्माण सम्पन्न भएपछि अध्ययन अध्यापनका लागि सजिलो भएको प्रधानाध्यापक इन्द्र प्रसाद लुइटेलले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारबाट सांगितिक कार्यक्रम हुने पनि बताएका छन् ।


प्रतिक्रिया