तलब भत्ता बापतको रकम विद्यालयलाई वितरण गर्दै पालिका प्रमुख


झगनखबर

 मंसिर २७ । ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाका प्रमुख कमल तामङ्गले आफुले पाउने तलब भत्ता बापतको  रकम विद्यालयलाई वितरण गर्दै आउनु भएको छ । नेपाल सरकारले पालिका प्रमुखलाई दिइने तलब भत्ता बापतको रकम पालिका मातहतका विद्यालयलाई वितरण गर्दै आउनु भएको हो । शैक्षिक सुधारका लागि आफुले पाएको तलब भत्ताबाट विद्यालयलाई सहयोग गरेको प्रमुख तामङ्गले बताउनु भयो । चुनाव ताका आफुले पाउने भत्ता शैक्षिक सुधारका लागि प्रयोग गर्ने बताउनु भएको थियो । सोहि अनुसार एकवर्षको भत्ता बापतको रकम ४ वटा विद्यालयलाई वितरण गरिएको बताएका छन् ।

तीन वटा विद्यालयलाई अघिल्लो आर्थीक वर्षमा वितरण गरिएको र एउटा विद्यालयलाई मंगलबार वितरण गरिएको बताएका छन् । जगत जननी माध्यामिक विद्यालय सुनकोशी ८ मा मंगलबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष तामङ्गले नगदै रु १ लाख २ हजार वितरण गर्नु भएको विद्यालयले जनाएको छ । कार्यक्रममा प्रशासकिय अधिकृत रामकुमार कार्की शिक्षा शाखा प्रमुख बिवेक तामाङ्ग लगायतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको छ । प्रस्थावित मा.विको रुपमा सन्चालन भएको जगत जननी माविलाई ठुलो राहत भएको वडाअध्यक्ष गुणराज भट्टराईले बताउनु भयो । ५ जना स्थायाी शिक्षक  र ३ जना पालिकाको अनुदानमा शिक्षक भएको र बाँकी रहेका शिक्षकहरु विद्यालयले नै आन्तरिक श्रोतबाट सन्चालन भईरहेको छ । पालिका प्रमुखले गरेको सहयोगले विद्यालयलाई सन्चालन तथा गुणस्तर बृद्धिमा ठुलो सहयोग पुगेको अध्यक्ष भट्टराईको भनाई छ ।

पालिका प्रमुखले पाउने तलब भत्ता वार्षिक ४ लाख ८ हजार, ४ वटा विद्यालयलाई १ लाख २ हजारका दरले वितरण गर्दै आउनु भएको छ । जगत जननी माध्यमिक विद्यालय सुनकोशी, कुशादेवी माध्यमिक विद्यालय सुनकोशी१०, कोषभन्ज्याङ्ग विद्यालय सुनकोशी९ र कालिका आधारभूत विद्यालय सुनकोशी५ मा वितरण गरिएको पालिकाले जनाएको छ ।

यो वर्ष अन्य ४ वटा विद्यालयलाई वितरण गरिने पनि पालिका प्रमुख तामङ्गले बताउनु भयो । सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि सहयोग गरिएको बताउनु भयो । सरकारी विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरी नागरिकले विश्वास गर्न सक्ने शिक्षाको विकास गर्न  भत्ता बापतको रकम वितरण गरिएको बताउनु भयो । सहयोग बापत पाएको रकमले विद्यालयमा ब्यवस्थापन गर्न सजिलो भएको विद्यालय प्रशासनले जानकारी दिइएको छ ।  

प्रतिक्रिया