राजकुमार कार्की
मंसिर ११ । जिल्लाको मोलुङ्ग गाउँपालिका–५ को उपनिर्वाचन ठुला दलका नेताको प्रतिष्ठाको विषय बनेको छ । यो भन्दा अगाडीका निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले निरन्तर जितिरहेको ठाउँ भएकाले यो उपनिर्वाचनमा पनि आप्mना उम्मेदवारलाई जिताउने पर्ने कांग्रेस नेतालाई चुनौती छ । त्यसै गरी नेकपा एमालेका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, संविधान सभा सदस्य, निवर्तमान संघिय सांसद यज्ञराज सुनुवारको आप्mनै वडा भएकाले एमाले तर्फका उम्मेदवारलाई जिताउनै पर्ने चुनौती एमाले नेतालाई पनि छ । नेपाली कांग्रेस तर्फका उम्मेदवार घनश्याम दाहाल २०५४ सालमा प्राप्चा गाउँविकास समिति (हाल सोइ वडा) का अध्यक्ष समेत भएका ब्यक्ति हुन् ।
मंसिर १६ गते हुने
उपनिर्वाचनमा आफ्ना दलको उम्मेदवार जिताउन नेता दौडधुप गरिरहेका छन् । पुराना ५ दल
र नयाँ एक दल गरी ६ दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । दलको तर्फबाट ६
उम्मेदवार दुई स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको भएपनि स्वतन्त्र तर्फका
दुवैजना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी
केन्द्र,
जनता समाजबादी पार्टी
नेपाल,
राष्ट्रिय
प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले प्रतिस्पर्धा
गरिरहेका छन् । काँग्रेस एमाले नै प्रमुख प्रतिस्पर्धी दल मानिएको बेलामा
रास्वपाले दिएको उम्मेदवारीले चुनावी प्रसंग थप रोचक बनेको छ । सबै दलका आ–आफ्नै कार्यकर्ता र
भोटर भएको ठाउँमा नयाँ दलको रुपमा आएको रास्वपाले पनि उम्मेदवारी दिएपछि चुनाउ थप
रोचक भएको हो । पुराना दलहरु आफ्ना भोट यथावत राख्दै अन्य मत थप गरेर बहुमत
ल्याउने रणनीतिमा छन भने नयाँ र साना दलहरु अरुका भोट कसरी आफ्नो पक्षमा ल्याउने
भनेर रणनीति बनाईरहेका छन् । पहिला देखि नै जितिरहेको ठाउँ भएकाले आफु जित्नेमा
नेपाली कांग्रेस ढुक्क छ । नेकपा एमाले पनि यो पटक जसरी भएपनि जित्ने दाउमा
देखिएको छ ।
२०७४ साल र २०७९ को
निर्वाचनमा नेपाली कांग्रेसकै उम्मेदवारले जितेकोे ठाउँ हो । ०७९ को निर्वाचनमा
नेपाली कांग्रेसबाट जितेका वडाअध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि उपनिर्वाचन
हुने भएको हो । यो भन्दा अगाडीका दुवै निर्वाचनमा कांग्रेस उम्मेदवारले जितेको
हुनाले यो पटक पनि आप्mनै जित हुनेमा कांग्रेस ढुक्क छ ।
यता नेकपा एमालेका केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज निवर्तमान संघिय साँसदको
आफ्नै वडा भएकाले जसरी पनि जित्ने दाउमा देखिएका छन् । सुनुवारलाई राजनीतिक
प्रष्ठिाको विषय बनेको छ । अन्य दलहरु पनि आफ्ना दलका केन्द्रिय नेताहरु ल्याएर
ठुला दलका मत आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन् ।
रास्वपा सहितका साना
दलले एमालेको मत धेरै काट्ने र आप्mना मत सुरक्षीत
भएकाले कांग्रेस तर्फका उम्मेदवार जित्नेमा नेपाली कांग्रेसका नेताहरु ढुक्क
देखिएका छन् । उता एमाले पनि साना दलले कांग्रेसकै मत बढी काट्ने भएकाले आप्mनो उम्मेदवार
जित्नेमा ढुक्क देखिएका छन् । तर यथार्थमा भने त्यस्तो देखिएको छैन । मतदाताहरु
भने पुरानो दल छोडेर नयाँ दलमा ह्वात्तै हाम फाल्ने अवस्थामा देखिएका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामीछानेको सहकारी काण्डमा अदालतले छानविन
गरिरहेकाले मतदातामा आशंका रहेको देखिएको
छ । अन्य दलका पार्टी तर्फका मतादाता
संख्या कम भएकाले कांग्रेस एमालेकै विचमा प्रमुख प्रतिस्पर्धा हुने मोलुङ्ग–५ का स्थानियबासीले
बताउने गरेका छन् ।