मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता टाउको एवं आँखा दुख्ने समस्या बढ्न
सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर
रहनेछ । साताको अन्त्यमा छोटो र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र
मित्रताको बन्धन पनि कसिने समय छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू
रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक
लाभ मिल्नेछ
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो साता भाग्यले विभिन्न अवसर
जुराउनेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषि क्षेत्रमा
पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग रातो वा निलो हो ।
कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य
आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो साता धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता
कार्यमा मन लाग्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।
दानपुण्यका कार्यमा सहभागी भइनेछ, तर स्वास्थ्य प्रतिकूल रहन सक्छ अत: स्वास्थ्य प्रति अतिनै
सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सुन्तला वा सेतो
हो । कुनै शुभकर्म गर्नु पूर्व गौ माताको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता मित्रताको बन्धन
कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।
नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क
लाग्नेछ । स्वास्थ्य प्रति सजग रहनु पनि पर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग वा पहेँलो हो ।
कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता विपक्षीको जालझेलबाट सावधान
रहनुपर्नेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
विहिवारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ ।
सामाजिक र सेवा मूलक कामबाट सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू
रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक
लाभ प्राप्त हुनेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो साता स्वास्थ्य, सामाजिक र शुभ कार्यमा
सरिक हुने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कसैलाई
सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । स्वादिष्ट भोजन पनि पाइनेछ । मध्य सातामा एक
किसिमको निरासता पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो
हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक
सफलता मिल्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता घर परिवारमा शुभ र मङ्गल कार्यको
योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन
सकिनेछ । नयाँ कार्यको योजना समेत बन्ला । शेयर बजारबाट पनि फाइदा नै होला । यो
साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता
मिल्नेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता प्रेम सम्बन्ध कसिलो होला ।
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र
दाजुभाइको सहयोग लिनसकिने छ । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह
व्याप्त हुनेछ । लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ
अङ्क ४,५ र शुभ रङ्ग रातो
वा नीलो हो । कुनै शुभकर्म गर्नु भैरवजीको भगवानको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो साता आफ्नो काममा सतर्क भएर अघि
बढ्नुपर्ने आवश्यकता देखिन्छ । झन्झटिलो कार्यमा समय खेरा जानसक्छ । साताको अन्त्यमा
शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अतिथिका रूपमा
सम्मान पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता
मिल्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो साता राजनैतिक र सामाजिक
प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । पारिवारिक प्रेम सम्बन्ध कसिलो
हुनेछ । सट्टेबजार र शेयरमा गरेको लगानीले राम्रो प्रतिफल दिलाउनेछ । नयाँ र शुभ
कार्यमा सरिक भइनेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका
लागि शुभ अङ्क ५,९ र शुभ
रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात
पर्नेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो साता कलासाहित्य तथा सङ्गीतमा रुचि
बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रविधि मार्फत
दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । शेयरबजारमा लगानीको अवसर मिल्नेछ
। विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग गुलाबी
वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ
गर्दा लाभ मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा सफलता र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ मध्य सातामा स्वास्थ्यमा समस्या आउनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको स्मरण गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
ज्यो.प.
नारायणप्रसाद दुलाल