श्रीकृष्ण जन्माष्टमी


झगनखबर 

भदौ २० । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

छोटो कथा

महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुवा) सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउने उनको एउटा सामान्य सारथी ९एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति०का रुपमा युद्धमा साथ दिएर काम कहिले पनि सानो ठुलो हुँदैन भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालाइ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः

हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।

एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीव९जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।

श्री मद्भागवत् गीताका अनुसारः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया, प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

तपार्इ चाहे जुनसुकै धर्म या समूदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्री कृष्णलार्इ लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।

राधाकृष्ण

भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

प्रतिक्रिया