ओखलढुंगा कार्तिक ८ । नेपाली कांग्रेसका कृयाशिल सदस्य पुर्व शिक्षक संघका नेता महाप्रसाद खनालले नेपाली कांग्रेस ओखलढुंगालाई बिपीको फोटो हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेस पुर्व जिल्ला कार्यसमिति सभापति गोमा केसी र वर्तमान सचिव राजकुमार ढुंगानालाई हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेसका संस्थापक सभपाति एवं महामानव विश्वेश्वर प्रसाद कोइराला, लौहपुरुष गणेशमान सिँह र शन्तनेता कृष्ण प्रसाद भट्टराईको फोटो निशुल्क: उपलब्ध गराईको सचिव राजकुमार ढुंगानाले बताए । पुराना नेताहरुको फोटोहरु संकलन गरि पार्टीकार्यालय भवनमा राखिने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।
८ मङ्सिर २०७९, बिहिबार ०२:१८ मा प्रकाशित
245