खिजीदेम्बाका नागरिक आन्दोलित, अध्यक्षलाई ध्यानाकर्षण पत्र


झगनखबर

असार ३० । जिल्लाको खिजीदेम्बा गाउँपालिकाका नागरिकले अध्यक्ष गम्बु शेर्पालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । लिखुपिके हाइड्रोले स्थानिय नगारिकलाई बेवास्ता गरी काम गर्न लागेको भन्दै शुक्रबार गाउँपालिका अध्यक्षलाई हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् । साविक खिजीकाती र रावादोलुका करिब ६ सय नागरिकले आफ्नो नागरिक्ता नम्बर सहित हस्ताक्षर बुझाएका छन् । खिजीकातीका ५ सय ६० जना र रावादोलुका ३५ जनाले हस्ताक्षर सहितको ध्यानकर्षपत्र वडा अध्यक्ष होम बहादुर सुनुवार र पालिका प्रमुख गम्बु शेर्पालाई बुझाइएको किशोर सुनुवारले जाकारी दिनुभयो ।

स्थानिय सरकारको तर्फबाट लिखुपिके हाइड्रोलाई पुनःसर्वे गराउन पहल गरिनु पर्ने, पुनः वातावरणीय प्रभाव मुल्याँकन गराउन पहल गरिनु पर्ने जस्ता माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको बताएका छन् ।

ध्यानाकर्षण पत्रमा, २०८० जेठ ३२ मा सार्वजनिक गरेको प्रतिबेदनमा वडा नं ४ का जनप्रतिनिधीहरुको रोहबरमा २०७४ साउन ३० गते वडा कार्यालयमा सुचना टाँस गरिएको भनिए पनि कुनै नागरिकलाई जानकारी नदिइएको उल्लेख गरेका छन् । नेपालको कानुन अनुसार प्रारम्भिक वातावरण परिक्षण नभएकाले स्थानिय जनता तथा आदिवासीलाई नेपाल सरकारको ऐन नियम, नेपाल पक्ष राष्ट्र भएकाले आइएलओ महासन्धी १६९ साथै विद्युत विकास विभागले राखेको शर्तअनुसार स्थानिय जनता तथा आदिवासीलाई जलविद्युतले पार्ने असर र लाभको विषयमा स्पष्ट भाषामा बुझाईनु पर्ने लगायतका विषय उठान गरिएका छन् ।

यो भन्दा अगाडी पनि  खिजीदेम्बा गाउँपालिकाका वडाहरु ३, , ७ लाई मुख्य प्राभिावित क्षेत्र घोषण गरिनुपर्ने । सेतिबगर, सतल्पु, सुरुले बिबिरे मा अनिवार्य सडक जोडिनुपर्ने । वडा नं ४ को स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्नती गरिनुपर्ने । रावादोलु, खिजीकाती, चण्डेश्वरीका युवाहरुलाई दक्षता र क्षमताको आधारमा अनिवार्य रोजगारीको ब्यवस्था मिलाइएनु पर्ने लगायतका १८ बुँदे माग राखी ज्ञापन पत्र बुझाइएका थिए  ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आपसी सहमती र समझ्दारीमा मात्रै काम सुचारु गर्न पहल गर्ने बताउनु भएको अध्यक्ष शेर्पालाई उद्धृत गर्दै किशोर सुनुवारले बताउनु भयो ।

प्रतिक्रिया