मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता रमाइलो यात्राको योग
रहेको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
प्रेम जीवन सुखद् नै रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वाहन लाभ
पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि
शुभ अङ्क ५,६ र शुभ
रङ्ग आकाशे सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरि यात्रा
गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू
पुरा हुनेछन् । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । पारिवारिक सहयोगले
कार्यहरू अगाडि बढ्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने
समय आएको छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो साताको सुरुका दिनमा ताके अनुरूप काम
नबन्नाले दिक्क लाग्नेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । जिद्दीपनाले गर्दा
काम बिग्रने र प्रेममा मनमुटाव आउला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर
प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ । यो साताका
लागि शुभ अङ्क १,९ र शुभ रङ्ग घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको
दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । महिला वा
मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न
हुनेछन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक प्रतिष्ठा कायम
राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग
सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना
गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता अरुलाई प्रभावित पारेर
काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शुभ समाचार सुन्न
पाइनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । परीक्षा आदि प्रतिस्पर्धामा
उत्तीर्ण हुन सकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
तीर्थाटनको योग पनि छ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा कालो हो
। कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो साता एकपछि अर्को अवसर आउनाले मन
प्रसन्न रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । आज आफ्नै दक्षतामा विभिन्न
कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ । साताको अन्त्यमा
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा
गर्दा अधिक सफलता मिल्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता महत्वपूर्ण कार्यमा व्यवधान
आइपर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बुधवारबाट बुद्धिको उपयोग
गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । समाजसेवा जस्ता कार्यमा मन
लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कालो
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरि कार्य आरम्भ गर्दा अधिक
लाभ प्राप्त हुनेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो सातामा पारिवारिक जमघटमा मन रमाउनेछ ।
सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गरि लगानी गर्ने समय आएको छ । लामो
समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मध्य सातामा नजिकका व्यक्तिबाट
कार्यमा बाधा आउनेछ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि
शुभ अङ्क ७,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व
देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो साता शुभकार्यको चर्चा चल्नेछ ।
जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । रोकिएका कामहरू पुनः
सुरु हुन सक्छन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । ठूला
व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धार्मिक यात्राको योग पनि रहेको छ ।
यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको
दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो साता शुभ कार्यमा सरिक भइनेछ । नयाँ
ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म, कर्म, परोपकार र समाजसेवा
जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क
लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको ध्यान गरि कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो साता महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । दाम्पत्य
जीवनमा एक किसिमको निरासता आउन सक्छ । मध्य सातामा छोटो दुरीको लाभदायक यात्रा
हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । यो साताका लागि
शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व
शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा
अतिथिको आगमन हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन
सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । परिणाममुखी
जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो
वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण
गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।