बैशाख २४ । विभिन्न ठाउँबाट अवैध लागूऔषध जस्तो
देखिने पदार्थ सहित पाँच जना पक्राउ परेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका २ फुटाहाबाट अवैध लागूऔषध जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलीग्रामसहित पक्राउ परेका हुन् । बढैयाताल गाउँपालिका ६ मैनापोखर बस्ने १८ वर्षीया आस्मा चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । त्यसै गरी झापा जिल्लाको कन्काई नगरपालिका ३ सुरुङ्गाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित बाह्रदर्शी गाउँपालिका ४ बस्ने ३९ वर्षीय बुधना आलमलाई शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय सुरुङ्गा प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका ३ त्रिनगर भंसार
ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित गौरीगंगा नगरपालिका ८ बस्ने
१९ वर्षीय राममाया कुस्मीलाई शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ
गरेको छ । टीकापुर नगरपालिका ९ खक्रौलाबाट
अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ८० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका २ मोतीपुर बस्ने २६ वर्षीय सागर घिमिरे र
सोही नगरपालिका बगौरा बस्ने ३३ वर्षीय प्रेम सुनार रहेका छन् । विशेष सूचनाको
आधारमा ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको
प्रहरीले जाँच गर्ने क्रममा सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र सुनारलाई करिब ९
सय १० मिलिग्राम गरी जम्मा ३ ग्राम ८० मिलिग्राम उक्त ब्राउन सुगरसहित पक्राउ
गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ
।