आक्रामक बन्दै गठबन्धन, पार्टी प्रवेशमा तिब्रता

ओखलढुंगा, कार्तिक २७ । बामलोकतात्रिक गठबन्धनले चुनावी अभियानलाई तिब्रता दिए सँगै थप आक्रामक बन्दै गएको छ । विभिन्न ठाउँमा आमसभा, कार्यकर्ता भेटघाट तथा घरदैलो अभियान सँगसँगै गरिरहेको छ । ओखलढुंगा जिल्लाको पुर्वी भेग चिसंखुगढी र मानेभन्ज्याङ गाउँपालिका बाट शुरु गरिएको अभियान पश्चिमको खिजीदेम्बा र लिखु गाउँपालिका सम्म सम्पन्न गरि पुन: अभियानलाई नै तिब्रता दिएको छ । आज (कार्तिक २७ गते) आइतबार सिद्धिचरण नगरपालिका वडन नं. १ र २ मा कार्यकर्ता भेटघाट तथा कोण सभा सम्पन्न गरेको छ । उक्त कोणसभामा १ सय ३६ जनाले  एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुकुम राईले जानकारी दिए । उनका अनुसार, सिद्धिचरण नगरपालिका वडा नं. १ तलुवामा भएको कोणसभा कार्यक्रममा नेकपा एमालेका संगठित सदस्यहरु, ज्ञान कुमार निरौला, देविका निरौला र निरा थापा मगर लगायत ५३ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । त्यसै गरि नगरपालिकाकै वडा नं. २ अन्तर्गत खनियाखर्कमा भएको कार्यक्रममा मनकुमारी सुवेदी, तिलक बस्नेत, रमेश कार्की लगायत ८३ जनाले प्रबेश गरेका छन् । नवप्रबेशीहरुलाई प्रतिनिधी सभा सदस्य उम्मेदवार रामहरि खतिवडा र प्रदेश (क) का उम्मेदवार प्रदिप कुमार सुनुवारले स्वागत गरेका थिए ।

प्रतिक्रिया