राजकुमार कार्की
फागुन २६ । सिद्धिचरण नगरपालिका वडा नं ११ का
वडाअध्यक्ष बिनोद कुमार ताम्रकारले विद्यालय पोसाक वितरण गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय युवावर्ष आधारभूत विद्यालय वितलवका विद्यार्थीहरुलाई विद्यालय
पोसाक र स्टेशनरी वितरण गर्नु भएको हो । आफ्नो वडा भित्रका सामुदायिक विद्यालयका
विद्यार्थीहरुलाई विद्यालय पोसाक र स्टेशनरी वितरण गर्दै आउनु भएको छ । सामुदायिक
विद्यालयमा गरिब किसानका छोराछोरी अध्ययन गर्ने भएकाले, उनिहरुलाई अध्ययन
गर्न सहज होस भन्ने उदेश्यले पोसाक र स्टेशनरी वितरण गर्दै आएको अध्यक्ष
ताम्रकारले बताउनु भयो । गतवर्ष जिल्ला सदरमुकाममा रहेको एकमात्र बालमन्दिरका
विद्यार्थीहरुलाई विद्यालय पोसाक ट्रयाकसुट वितरण गर्नुभएको थियो । यो वर्ष
सदरमुकाम नजिकै रहेको आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सरकारी मापदण्ड
अनुसारको विद्यालय पोसाक वितरण गरिएको विद्यालयले जानकारी दिएको छ ।
१–५ कक्षा सम्मको
विद्यालयमा १४ जना विद्यार्थीहरुलाई सर्टपाइन्ट, स्वीटर, जुत्ता र टोपी वितरण
गरिएको थियो । साथमा विद्यार्थीहरुलाई पेन्सिल, र कापी समेत वितरण गरिएको थियो । सोमबार
विद्यालयले आयोजना गरेको औपचारिक कार्यक्रममा अविभावकहरुको पनि उपस्थिती रहेको
थियो । कार्यक्रममा अविभावकहरुले विद्यालयमा अध्यापन राम्रो नभएको गुनासो गर्दै, गुणस्तर बृद्धिमा
सहयोग गरिदिन वडाअध्यक्ष समक्ष माग समेत गरेका छन् । यो भन्दा अगाडी ४१ जना
विद्यार्थी रहेकोमा अहिले १४ जनामात्रै विद्यार्थी रहेका छन् । विद्यालयमा झन्
भन्यो झन् पढाई खस्कदै गएकाले आफ्ना बालबच्चा अन्य विद्यालयमा पठाउन बाध्य भएको
स्थानीय अविभावकले गुनासो गरेका छन् ।
कार्यक्रममा बोल्दै
वडाअध्यक्ष बिनोदकुमार ताम्रकारले विद्यालय सुधारका लागि विद्यालयका सर र मिसहरुले
नै मिहेनत गरेर अध्यापन गराउनु पर्नेमा जोड दिनुभयो । शिक्षक शिक्षिका बिचमा भएको
विवादका कारण विद्यार्थीहरु सबै अन्य विद्यालयमा गईसकेका छन् । विद्यालयमा बाँकी
रहेका विद्यार्थीहरुलाई राम्रो अध्यापन गराउन र अबको नयाँ शैक्षिक वर्षमा थप नयाँ
विद्यार्थी ल्याउन पहल गर्न शिक्षक शिक्षिकालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो; ‘विद्यालयमा आवश्यक
पर्ने सम्पुर्ण कुरा उपलब्ध गराउने जिम्मा मेरो भयो, तर अध्यापन त सरमिसले
गरिदिनुप¥यो । यस्तै अवस्था
रहने हो भने यो विद्यालय टिकाउन सक्ने अवस्था छैन ।’ उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी छन् भने ६ जना शिक्षक शिक्षिका
रहेका छन् ।
विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष सिता तामङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जालपा माध्यमिक विद्यालय वडा नं ११ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी फडिन्द्र बहादुर केसी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले अविभावक र शिक्षकहरुको आपसी छलफल गरेर विद्यालय सन्चालन गर्नु पर्ने देखिएको बताउनुभयो । शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षक अविभावक दुवै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।