२०७९ साल कार्तिक १४ गते सोमबारको दैनिक राशिफल

 

दैनिक राशिफल

मेष M चु, चे, चो, ला, लि, लु, ले, लो,

आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

 वृष M  , , , , वा, वि, वु, वे, वो

स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । नियमित खर्चसमेत बढ्ने योग छ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ ।

 मिथुन M का, कि, कु, , , , के, को हा

आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

 कर्कट M हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

 सिंह M मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा पनि प्रगति हुनेछ ।

 कन्या M टो, पा, पि, पु, , , , पे, पो

आज स्वास्थ्यमा प्रति सजग रहनु पर्छ । साना तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी पनि आउन सक्छ ।

 तुला M रा, रि, रु, रे, रो ता, ति, तु, ते

आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । शेयर बजारमा रुचि पनि बढ्नेछ ।

वृश्चिक M तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी आफ्नो अनुभवले निर्णय लिन सके थप अवसर प्राप्त हुनेछ ।

 धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

 मकर M भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

आज समय मध्यम रहनेछ । तपाईँले आरोह अवरोहको सामना गर्नु पर्नेछ । आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ ।

 कुम्भ M गु, गे, गो, सा, सि, सु, से, सो, दा

रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा सफलता पाइनेछ ।

 मीन M दि, दु, , , , दे, दो, चा, चि

आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
                                                                                       
ज्यो.प. नारायणप्रसाद दुलाल

 

प्रतिक्रिया