यो साता आफूलाई कमजोर भएको
अनुभूति हुनेछ । सहकर्मीबाट विरोध आउला । आर्थिक कारोबारमा विवाद आउनेछ ।
स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका
लागि शुभ अङ्क २,९ र शुभ
रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा
अधिक लाभ मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता नयाँ नयाँ क्षेत्रमा
लगानीको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद्
रहने देखिन्छ । नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । साताको
मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि
शुभ अङ्क ३,८ र शुभ
रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो हप्ता विश्वास गरेकाले साथ
दिनेछन् । कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धन आर्जन
हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ
। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ । यो साताका
लागि शुभ अङ्क १,८ र शुभ
रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ
यो साता मनोरञ्जनमा सहभागी भइएला । नयाँ
कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला । धार्मिक तथा समाजसेवामा मन
लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मध्य सातामा मनमा निराशा र
शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो
हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
साताको प्रारम्भिक दिनमा
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । विपक्षीको जालझेलबाट सावधान
रहनुपर्नेछ । सोमबारबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कुनै कुराले
मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो
साताका लागि शुभ अङ्क ६,८ र शुभ
रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरी गरेको
कार्यबाट सफलता अधिक मिल्नेछ ।
यो साता चलाखीपूर्ण बोलीले
गरेको कार्य सिद्ध हुनेछ । रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य
पुरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि
बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो
साताका लागि शुभ अङ्क ३,५ र शुभ
रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी
कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
यो सातामा लगनशीलताले कामहरू
अगाडि बढ्नेछन् । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता
मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य
सम्पादनमा सहजता मिल्नेछ । पुँजी बजार या वित्तीय संस्थाबाट राम्रै लाभ मिल्नेछ ।
यो साताका लागि शुभ अङ्क ३,९ र शुभ
रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ
गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता रोकिएका अधुरा कार्यको
थालनी हुनेछ । सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन
कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयरको कारोबारबाट सफलता मिल्नेछ । यात्रा
र घुमफिरको योग पनि छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो वा घिउ रङ्ग
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य
आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
यो सातामा मिश्रित फल मिल्नेछ ।
मालसामान हराउने वा नोक्सानी हुनसक्छ । आर्थिक झन्झट आइलाग्न सक्छ, तर अन्तिममा कार्य सम्पादन
हुनेछ । मध्य साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका
अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तला रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरी गरेको कार्यबाट लाभ
मिल्नेछ ।
यो साता पुनर्मिलनको योग रहेको
छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी
भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । साताको मध्य
भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा पनि परिएला । यो साताका
लागि शुभ अङ्क १,७ र शुभ
रङ्ग सेतो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य गर्नाले
राम्रो हुनेछ ।
यो साता आत्मबल बढाएर काम गरेमा
असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने
देखिन्छ । शिक्षामा सफलता पनि मिल्नेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले
कार्यमा अवरोध ल्याउन सक्छन् । पुँजी बजारले पनि साथ नदेला । यो साताका लागि शुभ
अङ्क ३,६ र शुभ
रङ्ग पर्पल वा खैरो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो समय निकै उत्साहजनक रहनेछ मनोरञ्जनमा
सहभागिता भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा
हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनसक्छ । शरीरको
कुनै पनि भागमा चोट लाग्ने सम्भावना छ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो
साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको
स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।