एसइईमा कति प्रतिशत अंक ल्याउने विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउदैनन्


झगनखबर

चैत १५ । एसइई परिक्षामा ३५ प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेको थियो । यो वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एक सय पूर्णाङ्कको परीक्षामा ३५ प्रतिशत  र ७५ पूर्णाङ्क रहेको विषयमा २७ प्रतिशत अंक ल्याउनुपर्ने जानकारी दिएका छन् ।  ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । ३५ प्रतिशत भन्दा कम अंक ल्याउने परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

प्रतिक्रिया