झगनखबर.कम
मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो हप्ता मानसिक दबाब र तनाव
बढेको महसुस हुनेछ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ । विपक्षीको छलकपट तथा
जालझेलबाट सावधान रहनुपर्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग
गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
भौतिक सुख पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो हप्ता आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन
सकिनेछ । नयाँ ठाउँमा भ्रमणको योग रहेको छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।
अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । धर्मकर्म तथा समाजसेवामा मन
लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ ।
यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि
हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो आफन्त र साथीबाट सहयोग मिल्नेछ । साता
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा
न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर
गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । मनमा हर्ष, उमङ्ग र उत्साह
छाउनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु
पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता आफ्नो इच्छानुसार समय
बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । ठुलो
कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट शुभ समाचार सुन्न पाइने र
शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी
भने त्यति लाभदायक नहोला । यो साताका लागि शुभ अङ्क ८,९ र शुभ रङ्ग सेतो वा आकाशे हो
। कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो
हुनेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिन रहनेछ
। स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ
। साताको मध्यमा पुँजी बजारमा नोक्सानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने
डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क
१,७ र शुभ
रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन्
। रमणीय र सुखद् यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु
बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । ठूला व्यक्तिले
तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ
हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता सामाजिक उपकारको काममा सहभागी
भइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । जीवनसाथीको सल्लाहमा
गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा
विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल
राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै
शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको
योग रहेको छ । तीर्थाटनको योग छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक
कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता
मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा
ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म
गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
साताको सुरुका दिनमा टाउको एवं
आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ । आर्थिक तनाव बढेको महसुस
हुनसक्छ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ
। मध्य साताबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि
शुभ अङ्क ४,७ र शुभ
रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको
कार्यबाट अधिक सफलता मिल्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो हप्तामा अधुरा कार्य पूरा गर्न आफन्तबाट
सहयोग मिल्नेछ । कुनै न् कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ व्यक्तिसँग
भेटघाट हुने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शेयर बजारको लगानी बाट
दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र
स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो
वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले
राम्रो हुन्छ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ
। शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ ।
छोटो दुरीको लाभदायक यात्रा रहला । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ ।
साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ ।
यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व
गणेशजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता दैनिक कार्यहरूमा प्रगति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आफन्तसँग भेट घाट हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्यो.प.
नारायणप्रसाद दुलाल